ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उच्च अदालत विराटनगरमा दुई हजार मुद्दा फछ्र्योट


एबीसी न्यूज
१७ भदौ २०७६, मंगलबार   ३ : ४४   बजे

काठमाडौं, १७ भदौ  । उच्च अदालत विराटनगरले आर्थिक वर्ष २०७५/७६ मा दुई हजार ४८२ थान मुद्दा फछ्र्योट गरेका छ । अदालतले गत आवमा दर्ता भएका तीन हजार ४६८ र जिम्मेवारी सरेका ९५६ गरी जम्मा चार हजार ४२४ मुद्दामा ५६ प्रतिशत मुद्दा फछ्र्योट गरेको अदालतका रजिष्ट्रार ठगेन्द्र कट्टेलले जानकारी दिनुभयो ।

मुद्दा फछ्र्योट हुन बाँकी रहेका मुद्दामा दुई वर्ष नाघेका २१, १८ महिनादेखि दुई वर्षभित्रका ५३, एक वर्षदेखि १८ महिनासम्मका ११०, नौ महिनादेखि एक वर्षभित्रका ३५५ र नौ महिनाभित्रका एक हजार ४०३ थान रहेका छन् ।

अदालतले गत आर्थिक वर्षमा दुई हजार २८५ मुद्दा दर्ता हुने अनुमान गरेकोमा एक हजार १८३ मुद्दा बढी दर्ता भएको फछ्र्योटको प्रतिशतमा कमी आएको जनाएको छ । यसरी दर्ता भएका मुद्दामा सबैभन्दा बढी सम्पत्तिसम्बन्धी लेनलेनदेनका ९२९, लागू औषधका ४१३, मेलमिलापमा ३९८, महिला पक्षका ३९२, ज्यानसम्बन्धी ३१०, करणीसम्बन्धी २६१, लिखतसम्बन्धी कसूरका २२४, चोरी तथा डकैती २०२, मोहीसम्बन्धी २५३ र बहुविवाहसम्बन्धी ७४ थानलगायतका मुद्दा दर्ता भएका थिए ।

अदालतले चालु आर्थिक वर्ष २०७६/७७ मा नयाँ मुद्दा दुई हजार ८४९ र गत आर्थिक वर्षको जिम्मेवारी सरेको एक हजार ९४२ गते कूल चार हजार ७९० मा तीन हजार ३६६ फछ्र्योट गर्ने लक्ष्य लिएको छ । यसरी फछ्र्योट गरिने मुद्दामा प्रतिइजलास ६७४ मुद्दा रहने रजिष्ट्रार कट्टेलले जानकारी दिनुभयो । अदालतले आव २०७३/७४ मा तीन हजार ८३५ मुद्दा दर्ता भएकोमा दुई हजार ३९१ अर्थात ५६ं७३ प्रतिशत फछ्र्योट भएको थियो ।

यस्तै आव २०७४/७५ मा तीन हजार ३५२ मुद्दा दर्तामध्ये दुई हजार ३९६ अर्थात ७१.४७ प्रतिशत फछ्र्योट भएको रजिष्ट्रार कट्टेलले बताउनुभयो । विराटनगरस्थित उच्च अदालतको कार्यक्षत्र मोरङ र सुनसरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group