ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘बेटी पढाऊ, बेटी वचाऊ’ अभियानले छोएन गाउँलाई


एबीसी न्यूज
१७ भदौ २०७६, मंगलबार   ४ : ३४   बजे

महोत्तरी, १७ भदौ । महोत्तरी गौशाला नगरपालिका–१ का रामचलितर राय मंगलवार दिउँसो गौशाला नगरपालिकाको कार्यालयमा आफ्नी २८ दिनकी छोरीको बीमा वनाउने स्वयम्सेवकको प्रतिक्षामा बसेका थिए ।

छोरीलाई काखमा लिई श्रीमतीसहित चर्को घामकाबीच चार किलोमिटरको पैदल यात्रा गर्दै आएका रामचलितरले छोरी राखीकुमारी यादवको बीमा गराउनका लागि बिहानैदेखि बिमकको प्रतिक्षामा बसेका थिए ।

त्यस्तै गौशाला नगरपालिका–११ का विन्देश्वरप्रसाद शर्माले पनि आफ्नी एक महिने छोरी अंशिकाको बीमा गराउनका लागि कार्यालयमा तीन पटकसम्म धाइसकेका छन् । चर्को घाममा श्रीमतीसहित काखमा बच्चालाई बोकेर आएका विन्देश्वरको मुहारमा काम नहुने हो कि भन्ने निराशा छाएका थिए । आपूmले तीनपटकसम्म कार्यालयमा आएर छोरीको बीमा गराउनका लागि गरिएको प्रयास असफल भएपछि उनी र उनकी श्रीमती निराश भई बसेका थिए ।

जन्मदर्ता बनाउने क्रममा वडा सचिवले आपूmलाई जानकारी दिँदा छोरीको बीमा गराउनका लागि आएका गौशाला–५ का अनिल साह रौनियारले पनि नगरपालिकाको कार्यालयमा तीन घण्टासम्म प्रतिक्षा गर्नुपरेको जनाएका छन् । जेठ २८ गते जन्मिएकी छोरी आनन्दी कुमारीको बीमा भएपछि आपूmले फुर्सद पाउने सोचमा उनी लामो प्रतीक्षामा बसिरहेका थिए ।

घरघरमा गई छोरीको बीमा गराउनका लागि मुख्यमन्त्रीले निर्देशन दिँदासमेत स्वयमसेवक गाउँमा नजाँदा आपूmजस्ता अनेकांै अभिभावक समयमा जानकारी नपाएर छोरीको बीमा बनाउन नसकेको गौशाला–५ का गर्विदयाल साहले बताएका छन् ।

घरघरमा नभएपनि कम्तीमा वडा कार्यालयसम्म पुगेर छोरी बीमा गराउँदा सर्वसधारणलाई सुलभ हुने कार्यालयका योजना शाखामा कार्यरत वडा सचिव धर्मराज वस्नेतले बताएका छन् । नगरपालिकाको कार्यालयमा छोरी बीमा गराउनका लागि महिनाको १० गते र कुनै कुनै महिनामा मात्र दुई पटकसम्म बिमक आउने गरेको बस्नेतले बताएका छन् ।

मुख्यमन्त्रीले ल्याएको छोरी बीमा कार्यक्रम प्रचारप्रसारको कमीको कारण नगरपालिकामा खासैरुपमा उपलब्धि हासिल हुन नसकेको नगरप्रमुख शिवनाथ महतोले बताएका छन् । आपूmले नगरपालिकाका स्थानीयलाई प्रतिनिधि बनाएर पठाउनका लागि मुख्यमन्त्रीलाई गरेको आग्रहको कुनै सुनवाई हुन नसकेको नगरप्रमुख महतोले जनाएका छन् ।

कार्यक्रम मुख्यमन्त्रीको मातहतमा रहेकोले यसमा आपूmले कुनै संशोधन गर्न नसकिने बताउँदै नगरप्रमुखले सर्वसधारणको सुलभ र सरल ढंगले सेवाप्रदायक बनाउनका लागि प्रयासरत रहने प्रतिवद्धता जनाएका छन् ।

यस सम्बन्धमा बेटी पढाऊ, बेटी बचाऊ अभियान कार्यक्रमका प्रदेश नं। २ का संयोजक प्रियंका यादवले स्वयमसेवकलाई दिइने नियुक्तिपत्रमा नीति नियमलगायतका शर्त संशोधन गर्नुपर्ने भएकोले तत्कालका लागि नविकरण गर्ने कार्य रोकिएको जनाएकी छिन् ।

नियुक्तिपत्रमा घरघरमा गएर कार्यसम्पादन गर्नका लागि निर्देशन दिएता पनि कम्तीमा वडा कार्यालयसम्म गएर जनतालाई सुलभरुपमा सेवा सुविधा दिनुपर्नेमा संयोजक यादवले धारणा राखेकी छिन् ।

प्रदेश नं। २ को सरकारले प्रदेशभरिमा गत माघ १ गतेदेखि ल्याएको सो अभियान प्रदेशभरिका गाउँगाउँमा सञ्चालनमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरले जनाएको छ । छोरी शिक्षा बीमा कार्यक्रमअन्तर्गत प्रदेश सरकारबाट २० वर्षपछि एकमुष्ठ रु एक लाख २५ हजार पाउनेछन् ।

छोरी शिक्षा बीमाका लागि प्रदेश सरकारले प्रत्येक वर्ष रु १३ हजार ६४६ र प्रभु बैंकले रु एक हजार दिनेछ । त्यसका लागि प्रदेश सरकारले ५५ करोड ६० लाख रुपैयाँ बजेट छुट्याएको छ भने सङ्घीय सरकारले विशेष अनुदानस्वरूप प्रदेश सरकारलाई रु ५० करोड अनुदान दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group