ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायतवासी नेपाली प्रदेशमा लगानी गर्न इच्छुक– मुख्यमन्त्री गुरुङ


एबीसी न्यूज
१७ भदौ २०७६, मंगलबार   ७ : ०७   बजे

काठमाडौं, १७ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बेलायतमा बस्ने नेपाली प्रदेशमा लगानी गर्न इच्छुक रहेको बताउनुभएको छ ।

आफ्नो १० दिने बेलायत भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुभएका मुख्यमन्त्री गुरुङले आज पोखरा विमानस्थलमा पत्रकारसँग प्रदेशको पर्यटन र खेलकूदको क्षेत्रमा लगानी गर्न बेलायतवासी नेपाली इच्छुक भएको बताउनुभयो । गैरआवासीय नेपाली सङ्घ ९एनआरएन० बेलायत र व्यवसाय गरेर बसेका नेपालीसँगको छलफल एवं अन्तरक्रियामा उनीहरूले प्रदेशमा लगानीका लागि इच्छा देखाएको बताउँदै उहाँले लगानी मैत्री वातावरण बनाउन आफूले प्रतिबद्धता व्यक्त गरेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय म्याराथन तथा फुटबल लगायतका खेलकूद क्षेत्रमा सहारा युके लगायतका संस्थाले पनि व्यवस्थित लगानीको इच्छा देखाएको उहाँले बताउनुभयो । भ्रमणका क्रममा मुख्यमन्त्री गुरुङले भूतपूर्व गोर्खा सैनिकसँग सामूहिक भेट गरेको र उक्त क्रममा उहाँहरूले आफूले भोगिरहेको विभेदको विषयमा सरकारका तर्फबाट पहल गरिदिन आग्रह गरेको उहाँले बताउनुभयो ।

भ्रमणका क्रममा पोखरा शहर र बेलायतको म्यानचेष्टर सिटीबीच भगिनी सम्बन्ध कायम गर्ने विषयमा त्यहाँको प्रतिनिधिसँग छलफल भएको छ । बेलायतका नेपाली भाषी जनप्रतिनिधि नर्थ योर्कसायरका प्रमुख जनक शर्मा र लण्डनका डेपुटी प्रमुख लक्ष्यु गुरुङसँग भेटी द्विपक्षीय हित र सहयोग सम्बन्धमा छलफल गरेको मुख्यमन्त्री गुरुङले जानकारी दिनुभयो ।

अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक समूहसँग समेत भेट गरेको र सो क्रममा विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको अवस्थाका बारेमा जानकारी हुनुका साथै विभिन्न अध्ययन अनुसन्धानमा नेपाललाई सघाउने वचन प्राध्यापकहरूले दिएको मुख्यमन्त्री गुरुङले बताउनुभयो । आफ्नो बेलायत भ्रमण सफल भएको र यसले प्रदेशमा लगानी बढाउन महत्वपूर्ण टेवा पुग्ने मुख्यमन्त्री गुरुङले जिकिर गर्नुभयो ।

बेलायतमा आयोजना हुने नेपाली मेलामा भाग लिन मुख्यमन्त्री गुरुङ यही भदौ ६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । विमानस्थलमा मुख्यमन्त्री गुरुङलाई प्रदेशका आन्तरिक ममिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, उद्योग पर्यटन तथा वन वातावरणमन्त्री विकास लम्साल, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्दबहादुर नेपाली र प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्याल लगायतले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group