ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘प्रभावकारी ढङ्गले सङ्घीयता कार्यान्वयन भइरहेको छ’– अर्थमन्त्री खतिवडा


एबीसी न्यूज
१८ भदौ २०७६, बुधबार   ५ : ४७   बजे

काठमाडौँ, १८ भदौ । अर्थमन्त्री युवराज खतिवडासँग नेपालको भ्रमणमा रहनुभएका अन्तर्राष्ट्रिय विकासका लागि बेलायतको सहयोग नियोग डिएफआइडीका स्थायी सचिव म्याथ्यु जन रेक्रफ्टले आज अर्थमन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरूबीच २०३ वर्ष पुरानो नेपाल–बेलायत कूटनीतिक सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

वित्तीय सङ्घीयता कार्यान्वयन शीघ्र र प्रभावकारी ढङ्गले भइरहेको, सङ्घीयतासम्बन्धी संस्थागत व्यवस्था तथा अन्य अधिकार र कर्तव्यको बाँडफाँट पनि सहज रुपमा भइरहेको जानकारी दिँदै अर्थमन्त्रीले स्थानीय तहमा न्यायिक पद्धतिमा क्षमता विकासको अभावलाई सुधार गर्न सरकारको विशेष जोड दिएको बताउनुभयो ।

उहाँले क्षमता विकासको सन्दर्भमा प्रदेश तथा स्थानीय तह नयाँ सन्दर्भ र सिकाइकै चरणमा रहेकाले सुशासन र न्यायिक पद्धतिमा क्षमता विकास गर्न आवश्यक भएको बताउनुभयो । अर्थमन्त्रीले मुलुक एकात्मक शासन व्यवस्थाबाट सङ्घात्मक पद्धतिमा रुपान्तरण भएकाले साधन स्रोतको विभाजन, अधिकार र कर्तव्य सन्तुलित रुपमा व्यवस्थापन गरी कार्यान्वयनको चरणमा प्रवेश गरेको जानकारी दिनुभयो ।

स्थायी सचिव रेक्रफ्टले नेपाल सरकारले संविधान निर्माणसँगै सङ्घीय संरचानमा सबै तहको निर्वाचन गरी विवादरहित रुपमा सङ्घीयताको अभ्यास हुनु सुखद भएको भन्दै सङ्घीयता कार्यान्वयनको सफलताको कामना गर्नुभयो ।

नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न चाहेको भन्दै सङ्घीयता कार्यान्वयनका लागि तयार भएका कानून तथा नीतिहरुको प्रभावकारी रुपमा व्यावहारिक कार्यान्वयनका चरणमा देखापर्न सक्ने समस्याहरुलाई बेलायत सरकार सघाउन तयार रहेको उहाँले बताउनुभयो । नेपाल र बेलायत सरकारबीच दोहोरो कर उन्मुक्ति सम्झौता प्रक्रियालाई अगाडि बढाइने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group