ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कार्यक्रममा अध्यक्षता नबनाएको भन्दै वडाअध्यक्षले गरे प्रधानाध्यापक माथि हातपात


एबीसी न्यूज
१९ भदौ २०७६, बिहिबार   ५ : ३९   बजे

जनकपुरधाम, १९ भदौ । महोत्तरीको एक वडा अध्यक्षले साईकल वितरण कार्यक्रमको अध्यक्ष नबनाएको भन्दै प्रधानाध्यापकमाथि हाथपात गरेका छन् । बलबा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विजय महतोले मुख्यमन्त्री बेटी पढाउँ बेटी बचाउ कार्यक्रमअन्तर्गत आज हुन लागेको साईकल वितरण कार्यक्रमको अध्यक्ष नबनाएको भन्दै प्रधानाध्यापक महेश झामाथि हाथपात गरेका हुन् ।

हामील आजको कार्यक्रमका लागि हिजो सम्बन्धित सबै जनासँग परामर्श गरेका थियौँ, त्यसमा कुरा उठ्यो कार्यक्रमको अध्यक्षता कसले गर्ने नियम अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्षले अध्यक्षता गर्ने गर्छन् र यदि अध्यक्ष नभए प्रधानाध्यापकले अध्यक्षता गर्ने गर्छन्, अध्यक्ष नभएका कार्यक्रम मैले अध्यक्षता गर्नुपर्ने अवस्था आयो सबैले सहमति पनि जनाउनुभयो, तर हिजो राति वडाअध्यक्षज्यूले मलाई कार्यक्रमको अध्यक्ष नबनाए कार्यक्रम बिथोलिदिन्छु भनेर धम्की दिनुभयो प्रधानाध्यापक झाले भने ।

 

आफुहरु उहाँकै अध्यक्षताको बारेमा विद्यालय परिसरमा अन्य शिक्षकहरुसँग छलफल गरि नै रहेको बेला लगभग २०–२५ जनासहित विद्यालयमा आएका वडा अध्यक्ष महतोले अचानक मुख्यमन्त्रीको स्वागतका लागि राखिएको कुर्सीहरु तोड़फोड़ गर्न लागेको उनले बताए ।आफुले रोक्न खोज्दा अध्यक्षसहित उनीसँग आएकाहरु आफुमाथि जाई लागेको प्र।अ। झाले बताए ।यता प्रधानाध्यापकलाई हाथपात गरिरहेको देखेपछि उक्त विद्यालयका विद्यार्थीहरु वडाअध्यक्ष महतोलाई लखेटेपछि उनी भागेको र आफुहरुलाई घर निर प्रहरी मगाएर पिट्न लगाएको कक्षा १० मा अध्ययनरत विद्यार्थी धिरज यादवले बताए । प्रहरीको लाठी चार्जबाट धीरजको टाउको फुटेको छ भने अन्य चार जना विद्यार्थीलाई समेत चोट लागेको छ । घाईते सबै विद्यार्थीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।

यता वडा अध्यक्ष महतोले आफुले प्रधानाध्यापकमाथि कुनै प्रकारको हाथपात नगरेको दाबी गरेका छन् । उनले भने ‘उल्टै प्रधानाध्यापक झाले विद्यार्थीहरुलाई आफुविरुद्ध उचालेर घर र कार्यालयमा तोडफोड गर्न लगाएका छन् ।’प्रदेश दुई सरकारले बेटी पढाउँ बेटी बचाउँ अभियान अन्तर्गत सामुदायिक विद्यालयका कक्षा ८ मा अध्ययनरत छात्राहरुका सहजताका लागि प्रदेशभरि साईकल वितरण गर्ने अभियान नै चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group