ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री खनाललाई पनि डेङ्गु, अस्पताल भर्ना


एबीसी न्यूज
१९ भदौ २०७६, बिहिबार   ६ : ३७   बजे

काठमाडौं, १९ भदौ । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल डेङ्गु रोगबाट सङ्क्रमित भई ग्राण्डी अस्पतालमा उपचार गराइरहनुभएको छ । उहाँको उपचारमा डा विनय रेग्मीसहितको टोली संलग्न छ । मङ्गलबार राति एक्कासि ज्वारो आएपछि उपचारका लागि पुल्चोकस्थित बुधबार बिहान पुल्चोकस्थित निदान अस्पताल जानुभएको थियो । उपचारका क्रममा रगत परीक्षण गर्दा सो रोग प्रमाणित भएको मन्त्री खनालका सञ्चार विज्ञ बोमलाल गिरीले जानकारी दिनुभयो । टेकुस्थित ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा रगत परीक्षण गरिएको थियो ।

सरुवा रोग अस्पतालमा श्ययाको अभाव भएपछि निदान अस्पतालबाट ग्राण्डी अस्पतालमा मन्त्री खनालको थप उपचार भइरहेको जनाइएको छ । विज्ञ गिरीले भन्नुभयो, “टेकु अस्पतालमा श्यया अभाव भएपछि ग्राण्डी अस्पतालमा मन्त्री खनालको उपचार भइराखेको हो, उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको छ ।”

मङ्गलबार दिउँसो मन्त्रालयको काममा व्यस्त हुँदा मन्त्री खनालले असजिलो महसुस गर्नुभएको थियो । सोही दिन उहाँ मन्त्रालयको तीनवटा औपचारिक कार्यक्रम तथा बैठकमा सहभागी हुनुभएको सञ्चार विज्ञ गिरीले बताउनुभयो । पछिल्लो समय काठमाडौँ उपत्यकाभित्र डेङ्गु रोगको उच्च जोखिम देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu