ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानसिक रोगले आत्महत्या बढ्दै : पर्सामा एकै दिनमा तीन जनाद्वारा झुण्डिएर आत्महत्या


एबीसी न्यूज
२० भदौ २०७६, शुक्रबार   २ : २८   बजे

काठमाडौं, २० भदौ  । जिल्लाका विभिन्न स्थानमा बिहीबार तीन जना महिलाले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पर्सामा एकैदिनमा तीन जनाले झुण्डिएर आत्महत्या गरेका छन् । वीरगञ्ज महानगरपालिका–२७ कुहडीकी ४५ बर्षीया रीखिया देवी महतो आफ्नै कच्ची घरको बलोमा कपडाको पासो लगाई झुण्डिएकी थिइन् । उनको झुण्डिएर मृत्यु भइसकेको खबर पाएपछि वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी टोली घटना स्थल पुगेको थियो । महतोको शव पोष्टमार्टम पछि परिवारको जिम्मा लगाइएको छ ।

प्रहरीका अनुसार सासु–ससुरा र पति विहान सात बजे खेतमा गोडमेल गर्न गएको अवस्थामा ललिताले पासो लगाएर आत्महत्या गरेकी थिइन् । ललिताका ससुरा किशोरी मुखिया बिनका अनुसार बुहारीलाई खाना पकाएर ल्याउन भनी उनीहरु खेतमा गएका थिए । १० बजेसम्म बुहारी नआएपछि घर आएर हेर्दा बुहारीले ढोका थुनेर आत्महत्या गरेको पाइएको परिवारलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।

आफ्नै घरको सुत्ने कोठाभित्र पंखामा कपडाको पासो लगाइ उनले आत्महत्या गरेकी हुन् । झुण्डिरहेको अवस्थामा आफन्तले देखेपछि पासो फुकाइ उपचारको लागि नारायणी अस्पतालमा लैजाँदै गर्दा उनको मृत्यु भएको थियो । श्रीमानसँग सामान्य विवाद भएपछि उनले आत्महत्या गरेको हुन सक्ने अनुमान आफन्तले गरेका छन् ।दुवै जनाको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्मा जिल्लामा निरन्तर आत्महत्याका घटना भइरहेकोे बताउँछन् ।

मानिसमा तनाव बढी हुने तर, धैर्यता कम देखिएकोले आत्महत्याको घटना बढेको हुन सक्ने उनको अनुमान छ ।

चिकित्सक भन्छन्–आत्महत्याको मुख्य कारण मानसिक समस्या

मानसिक रोग विशेषज्ञ डा भरत गोइत आत्महत्या गर्न कोशिस गरेकाहरु निरन्तर उपचारका लागि आउने गरेको बताउँछन् । ‘कहिले विष सेवन गरेर त कहिले झुण्डिएर आत्महत्या गर्न कोशिस गरेको घट्ना हामीकहाँ आइरहेको हुन्छ,’ उनले भने, ‘७० प्रतिशत आत्महत्या मेन्टल डिसअर्डर ९मानसिक समस्या०का कारण हुन्छ, लागू पदार्थ दुर्व्यसनी र देखासिकीका कारण मानिसले आत्महत्या गर्छन् ।’

मानसिक समस्याका लक्षणहरु र त्यसको निदानकाबारेमा जनचेतना जगाउन नसकेकै कारण राज्यले ठूलो मानवीय क्षति बेहोर्नुपरेको डा। गोइत बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७६८ पुग्यो

प्यानल छाडेर पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा बुद्धाचार्यको स्वतन्त्र उम्मेदवारी

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu