काठमाडौं, २१ भदौ । सरोकारवाला निकायहरुले संविधान दिवसलाई यहि अगामीे असोज २,३,४ गते भव्यता तथा व्यापकताको रुपले विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिएको छ । नेपाल सरकार गृह मन्त्रालयको पत्रानुसार संविधान दिवस मनाउनको लागी जिल्ला समन्वय समिती प्रमुखको अध्यक्षता ,प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिती उप प्रमुख जिल्ला समन्वय अधिकारी कपिलवस्तु नगर प्रमुख /उप प्रमुख प्रमुख प्रशासकिय अधिकृत जिल्ला मा रहेको राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधी ,नेपाल बार एशोसियसन ,गैर सहकारी संस्था महासंघ,निमार्ण व्यवसायि संघ, पत्रकार महासंघ ,नागरीक समाज ,शैक्षिक संस्थाका प्रमुख, अन्र्तर पार्टी महिला संजाल ,खेलकुद महासंघ,अधिकारीक ट्रेड युनियन महासंघ र मदरसा महासंघ नेपाल सहितको जिल्ला समारोह समिती गठन गरिएको छ ।
समिती ले दिवस भव्यताको रुपमा मनाउनको लागी बिभिन्न निर्णय हरु गरेका छन । ३ दिन सम्म मनाइने यस दिवसको अवसरमा कार्यलयहरु तथा घर घरमा दिपावली गर्न अनुरोध गरिने बताइएको छ । यस्तै गरि कार्यक्रम अन्र्तगत २ गतेका दिन विहान बुद्धपद्यम माध्यमिक विद्यालयमा तौलिहवामा सरकारी कार्यलयका प्रमुख तथा शैक्षिक संस्थाका प्रमुख र समन्व्य समितीका सदस्य ,राजनैतिक दलका प्रतिनिधी तथा नगरपालिका सदस्य विच म्युजिकल चियर तथा घैटौ फोडने प्रतियोगिताको आयोजना गरिएको छ ।
यस्तै ३ गतेका दिन समारोह समितीका सदस्यहरु तथा सरकारी कार्यलय का कर्मचारीहरु सवै जना विहान राष्टिय झन्डा बोकी प्रभात फेरी गरिने र ४ गते बिहान जिल्ला अस्पतालमा तौलिहवामा उपचार गराउन आएका विरामीहरु लाई फलफुल वितरण गरिने समारोह समितीका अध्यक्ष नारयण खनाल ले बताउनु भएको छ ।
यस्तै गरि कार्यक्रमलाई भव्य गराउन नेपाली सेना नारायण दल गुल्म तौलिहवा र रेडक्रस सोसाइटी को सहयोगमा रत्तदान कार्यक्रम आयाजना गरीने ,बक्त्तृत्वकला तथा हाजिरी जवाफ प्रतियोगिताको लागी जिल्ला शिक्षा विकास तथा समन्वय इकाई लाई अनुरोध गरीने, टोल नगर भित्र सार्वजनिक स्थल तथा वरपर सरसफाइ कार्यक्रम को लागी नगर पालिकालाई अनुरोध गरिएकोे खनालले जानकारी दिनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्