ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान दिवस भव्यताको साथ मनाउने तयारी


एबीसी न्यूज
२१ भदौ २०७६, शनिबार   ५ : २६   बजे


काठमाडौं,  २१ भदौ । सरोकारवाला निकायहरुले संविधान दिवसलाई यहि अगामीे असोज २,३,४ गते भव्यता तथा व्यापकताको रुपले विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिएको छ । नेपाल सरकार गृह मन्त्रालयको पत्रानुसार संविधान दिवस मनाउनको लागी जिल्ला समन्वय समिती प्रमुखको अध्यक्षता ,प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिती उप प्रमुख जिल्ला समन्वय अधिकारी कपिलवस्तु नगर प्रमुख /उप प्रमुख प्रमुख प्रशासकिय अधिकृत जिल्ला मा रहेको राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधी ,नेपाल बार एशोसियसन ,गैर सहकारी संस्था महासंघ,निमार्ण व्यवसायि संघ, पत्रकार महासंघ ,नागरीक समाज ,शैक्षिक संस्थाका प्रमुख, अन्र्तर पार्टी महिला संजाल ,खेलकुद महासंघ,अधिकारीक ट्रेड युनियन महासंघ र मदरसा महासंघ नेपाल सहितको जिल्ला समारोह समिती गठन गरिएको छ ।

समिती ले दिवस भव्यताको रुपमा मनाउनको लागी बिभिन्न निर्णय हरु गरेका छन । ३ दिन सम्म मनाइने यस दिवसको अवसरमा कार्यलयहरु तथा घर घरमा दिपावली गर्न अनुरोध गरिने बताइएको छ । यस्तै गरि कार्यक्रम अन्र्तगत २ गतेका दिन विहान बुद्धपद्यम माध्यमिक विद्यालयमा तौलिहवामा सरकारी कार्यलयका प्रमुख तथा शैक्षिक संस्थाका प्रमुख र समन्व्य समितीका सदस्य ,राजनैतिक दलका प्रतिनिधी तथा नगरपालिका सदस्य विच म्युजिकल चियर तथा घैटौ फोडने प्रतियोगिताको आयोजना गरिएको छ ।

यस्तै ३ गतेका दिन समारोह समितीका सदस्यहरु तथा सरकारी कार्यलय का कर्मचारीहरु सवै जना विहान राष्टिय झन्डा बोकी प्रभात फेरी गरिने र ४ गते बिहान जिल्ला अस्पतालमा तौलिहवामा उपचार गराउन आएका विरामीहरु लाई फलफुल वितरण गरिने समारोह समितीका अध्यक्ष नारयण खनाल ले बताउनु भएको छ ।

यस्तै गरि कार्यक्रमलाई भव्य गराउन नेपाली सेना नारायण दल गुल्म तौलिहवा र रेडक्रस सोसाइटी को सहयोगमा रत्तदान कार्यक्रम आयाजना गरीने ,बक्त्तृत्वकला तथा हाजिरी जवाफ प्रतियोगिताको लागी जिल्ला शिक्षा विकास तथा समन्वय इकाई लाई अनुरोध गरीने, टोल नगर भित्र सार्वजनिक स्थल तथा वरपर सरसफाइ कार्यक्रम को लागी नगर पालिकालाई अनुरोध गरिएकोे खनालले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group