ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दार्चुलामा पनि डेङ्गुको जोखिम


एबीसी न्यूज
२१ भदौ २०७६, शनिबार   ५ : ४६   बजे

काठमाडौं,  २१ भदौ । तराई क्षेत्रमा बढ्दो मात्रामा देखिने डेङ्गु पछिल्लो समय दार्चुला जिल्लामा पनि फैलिन थालेको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोग गत साउनयता चार जनामा देखापरेको जिल्ला अस्पतालले जनाएको छ ।

डेङ्गुका कारण चार जना बिरामी अस्पताल आएकामा तीन जनालाई थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको छ । जिल्ला अस्पताल दार्चुलाका सिनियर अहेव डम्मरदत्त भट्टका अनुसार हालसम्म लेकम गाउँपालिका–३ का १२ वर्षीया निरुता चन्द, महाकाली नगरपालिका–९ का १७ वर्षीय योगेश सामन्त, दुहुँ गाउँपालिका–३ का ३६ वर्षीय उत्तमबहादुर वम, वडा नं २ का ३० वर्षीय गोमती बम रहेका छन् ।

विगतमा तराईमा बसोवास गर्नेहरुमा मात्रै डेङ्गुको सङ्क्रमण देखिन्थ्यो तर पछिल्लो समय पहाडी जिल्लामा पनि फैलिन थालेको भट्टको भनाइ छ । गर्मी र फोहरका कारण हरेक वर्ष जिल्लामा डेङ्गुको जोखिम बढ्दै गएको छ ।

जिल्ला अस्पताल दार्चुलाका प्रमुख डा गजेन्द्र दुवालका अनुसार अहिलेसम्म डेङ्गुको सङ्क्रमण देखिएका चार जनामध्ये बाहिरी जिल्लाबाट फर्किएकामा दुई जनामा यो रोग देखिएको हो । यो रोग लामखुट्टेले सङ्क्रमित मानिसलाई टोक्ने र त्यो लामखुट्टेमा भाइरस विकास हुने हुँदा स्वस्थ मानिसमा समेत सर्न जाने गरेको स्वास्थ्यकर्मी बताउँछन् । गत वर्ष जिल्लामा १३ महिला र सात जना पुरुषमा डेङ्गु रोगको सङ्क्रमण देखिएको थियो ।

“बर्सातको समयमा जताततै पानी जम्दा लामखुट्टेले फुल पार्ने मौका पाउँछ”, डाक्टर दुवालले भन्नुभयो, “हरेक वर्ष साउन÷भदौमा डेङ्गुका कारण बिरामी बढ्ने गर्छन् ।’’

यस्तै केहीलाई यही समयमा बढी भाइरल ज्वरोले समात्ने गर्छ । डेङ्गु रोग लागेपछि एक्कासि उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, शरीरमा बिमिरा आउने, रक्तस्राव हुने, आँखाको गेडी तथा टाउको पछिल्लो भाग बढी दुख्ने यसका लक्षण हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । डेङ्गुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्ने, आफू बस्ने वरिपरि पानी जम्न नदिने, पानी ट्याङ्कीलाई एक हप्तामा सफाइ गर्ने लगायतका कार्य गर्न सकिने उनीहरुको सुझाव छ ।

यसैबीच दार्चुलाका सबै स्वास्थ्य संस्थामा अहिले भाइरल ज्वरोको प्रकोप बढेको छ । नौ वटै स्थानीय तहका स्वास्थ्य चौकी र दुई वटा अस्पतालमा भाइरलका बिरामीको चाप बढेको हो । मौसममा आएको परिवर्तनका कारण भाइरल ज्वरोका बिरामी बढेको डा दुवाल बताउनुहुन्छ ।

जिल्ला अस्पताल दार्चुलामा आउने झण्डै एक सय बिरामीमा ६० प्रतिशतभन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेका छन् । पानी फोहर हुनु, खानामा ध्यान नदिनु जस्ता कारणले अहिले बिरामीको चाप बढेको छ । गोकुलेश्वर अस्पतालमा समेत भाइरल ज्वरोका बिरामी बढेका छन् । दैनिक ५०/६० जनासम्म भाइरल ज्वरोका मात्रै बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group