जापान, २२ भदौ । टोकियो गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा देविलाल भण्डारी विजयी भएका छन् । ३ जना प्रतिष्प्रधीलाई पछि पार्दै भण्डारी ५ सय ८५ मत प्राप्त गरि विजयी बनेका हुन् ।
भण्डारीको निकटतम प्रतिद्वन्द्वी मानिएका टासी वाङदी लामालाई ३२ मतको अन्तरले पराजित गरेका हुन् । लामाको ५ सय ५३ मत खसेको थियो ! लामा यस अघि पनि अध्यक्ष थिए भने भण्डारी बरिष्ठ उपाध्यक्षको कार्यकाल पुरा गरि अहिले अध्यक्षमा जनताको मत जित्न सफल भएका हुन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा अनिता गुरुङ लामा ८ सय ८२ मतले निर्वाचित भएकी छीन । गुरुङले प्रत्यासी सरोज कुमार खत्रीलाई १ सय ९० मत अन्तरले पराजित गर्दै जित सुनिश्चित गरेकी हुन् । खत्रीको ६ सय ९२ मत खसेको थियो । क्षेत्रिय उपाध्यक्षमा दिपक केशी ६१ मत प्राप्त गरी बिजयी बनेका छन् ।
उनले नरेन्द्र कुमार बस्नेतलाई २१ मत अन्तरले पछि पार्दै आफनो जित सुनिश्चित गरेका हुन महासचिव पदमा जनक बिक्रम शाहीले ७ सय ९२ मत प्राप्त गरि विजयी बनेका छन् । प्रत्यासी बुद्धिराज घिमिरेलाई ३८ मतको अन्तरले पछाडी पार्दै जित हात पारेका हुन । घिमिरेको ७ सय ५४ मत खसेको थियो । त्यसैगरि क्षेत्रीय सचिवमा महेश्वर रिजाललाई पछि पार्दै विकास बस्नेत विजयी भएका छन् । सह- कोषादक्ष्यमा टिकाराम कंडेललाई ४ सय ६८ को भारी मतले पराजित गर्दै सचिन श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ९ सय ९८ मत पाएका छन् भने कंडेलले ५ सय ३० मत प्राप्त गरेका छन् । त्यस्तै युवा संयोजकमा राज कुमार अधिकारीलाई पछि पार्दै राम थापा ८ सय ८७ मत प्राप्त गरि विजयी बनेका छन् भने अधिकारीको ६ सय २ मत आएको छ ।
त्यसैगरि ७ जना सदस्यका लागि ८ जनाको उम्मेदवारी परेको थियो विजयी हुनेमा क्रमश राजेश खनाल, सुपेन्द्र घिसिङ,बाबुराम खरेल, महेश कुमार कटवाल, डिलाराम गैरे, सिबु थापा र जिबन कुमार गुरुङ रहेका छन् । आईसीसी सदस्यमा तुल्सीराम खरेल, डण्डपानी कंडेल यस अघि नै निर्विरोध चयन भएका थिए । निर्विरोध हुनेमा महिला उपाध्यक्ष सविता श्रेष्ठ, उपाध्यक्ष लक्ष्मण बानिया र नारायण खड्का, सचिव विष्णु प्रसाद घिमिरे र टिकाराम खरेल, कोषाध्यक्ष कालिका थापा, महिला संयोजक संगिता अधिकारी र महिला सदस्यमा अन्जु भण्डारी रहेका छन्। विद्युतीय प्रणालीअनुसार बिहान १० बजेबाट सुरु भएको मतदान अपरान्ह ४ बजे सकिएको थियो ।
२ हजार ५ सय ५५ मतदाता रहेको निर्वाचनमा १ हजार ६ सय २३ मत खसेको निर्वाचन समितीका सदस्य सचिब बेलुकाजी थापाले जानकारी दिए । विद्युतीय प्रणाली अपनाईएकाले निर्वाचन छिटो र पुर्ण रुपमा सफल भएको निर्वाचन समितीले बताएको छ । निर्वाचनको नतिजाले नयाँ प्रविधीको प्रयोगमा नयाँ पुस्ता अभ्यस्त भएको सदस्य सचिब थापाले दावी गरे । सहभागी सङख्यामा केही कमी भएपनि सिष्टम भने पुर्ण रुपमा सफल भएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्