काठमाडौं, २३ भदौ । नेपाल पत्रकार महासँघका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक परेको छ । उहाँका बुबा यामप्रसाद आचार्यको ६८ वर्षको उमेरमा सोमबार बिहान काठमाण्डौको कीर्तिपुरमा रहेको निवासमा निधन भएको हो । उहाँ केही समयदेखि अस्वस्थ हुनुहुन्थ्यो ।
उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिंदैछ । अन्त्येष्टिअघि उहाँको पार्थिव शरीरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख कृष्णबहादुर महरा लगायत नेता, पत्रकार लगायतले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्