काठमाडौं, २३ भदौ । समाजवादी पार्टीकी नेता हिसिला यमी सोमवार स्कुटर दुर्घटनामा परेकी छन् । उनी दुर्घटनामा परी सामान्य घाइते भएकी छन् । ललितपुरको ग्वार्कोमा मोटरसाइकलले ठक्कर दिएपछि हिसिला घाइते भएकी हुन् ।
उनलाई नजिकै रहेको बीएण्डबी अस्पतालमा उपचार गरिएको र अवस्था सामान्य रहेको समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए । आइतबार दिउँसो पार्टीको कार्यक्रममा सहभागी हुन हिसिला जाँदै गरेको बेला दुर्घटनामा परेकी हुन् । स्कुटर हिसिलाकी सहयोगी एक युवतीले चलाएकी थिइन् । प्रहरीले ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्