सिरहा, २३ भदौ । नेपाल विद्युत प्राधिकरण सिरहामा कार्यरत कर्मचारी छेदीलाल साह सोनारलाई आज अख्तियारले घुससहित नियन्त्रणमा लिएको छ ।
एक व्यक्तिलाई विद्युत प्राधिकरणमा जागिर लगाईदिने भन्दै साहले विष्णुपुर १ स्थित एक होटलमा ८० हजार रुपैयाँ लिँदै गरेको बखत अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले नियन्त्रणमा लिएको छ । आज भदौ २३ गते दिउँसो २ बजेतीर अख्तियार टोलीले नियन्त्रणमा लिएको छ भने अनुसन्धानको लागि विद्युत कर्मचारी साहलाई बर्दिवास लैजाने तयारी भईरहेको अख्तियार दुरुपयोग अनुसंधान आयोग बर्दिवास कार्यालयका शाखा अधिकृत जयराम पंजियारले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्