काठमाडौं २४ भदौ । नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई पनि डेंगु लागेकोछ । सोमबार टेकु अस्पताल पुगेका गौतमको रगत परीक्षण गरिएको थियो । रगतको रिपोर्टमा डेंगु संक्रमणको पोजिटिभ रिपोर्ट आएको अस्पताल स्रोतले जनाएको छ । उनलाई शनिबारबाट ज्वरो आएको थियो । चिकित्सकले उनलाई डेंगु लागेको आशंका गरेर रगत परीक्ष गर्न लगाएका थिए ।
गौतम केही समयअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर गएका थिए । उनलाई त्यहीँ नै डेंगु संक्रमण भएको हुन सक्ने अनुमान चिकित्सकले गरेका छन् । सिंगापुरमा डेंगुको महामारी फैलिएपछि त्यहाँको सरकारले आपतकाल घोषणा गरेको छ ।
कृषिमन्त्री चक्रपाणि खनाललाई पनि डेंगु देखिएको थियो । उनको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । शुक्रराज अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत सातजना स्वास्थ्यकर्मीलाई पनि डेंगु देखिएको छ । अस्पतालका लालबहादुर वैबा, शारदा दाहाल, रवीन्द्र अर्याल र डा.असिम कँडेल तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका फिरोज महर्जन, लक्ष्मी अधिकारी र सीताराम भण्डारीलाई संक्रमण देखिएको हो ।त्यसससो त बरिष्ठ आंखा रोज विशेषज्ञ डा. सन्दुक रुइत र उनको परिवारका तीन जनालाई समेत डेंगु सलागेको छ ।
सरकारी तथ्यांकअनुसार १ साउनदेखि भाद्र २२ सम्म ६१ जिल्लाका तीन हजार आठ सय ९९ बिरामीमा डेंगु संक्रमण भेटिएको छ ।
नेकपाका नेताहरुम मध्ये मन्त्री खनाल र नेता गौतम डेंगु पिडित बन्न पुगेका छन् । डेंगु संक्रमण भएपछि कम्तीमा एक हप्ता आइसशोलेशनमा राखेर उपचार गर्नू पर्दछ ।
प्रतिक्रिया दिनुहोस्