ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक सञ्जालको दुरुपयोग बढ्दै, अनाधिकृत रुपमा आउने लिङ्क नखोल्न प्रहरीको आग्रह


एबीसी न्यूज
२४ भदौ २०७६, मंगलबार   ३ : ५५   बजे

काठमाडौं, २४ भदौ । झण्डै एक महीनाअघि कञ्चनपुरको बेदकोट नगरपालिकाकी– एक २३ वर्षीया युवतीले विष सेवन गरिन् । आफन्तसित पर्यटकीयस्थल लिङ्गा घुम्न गएका बेला स्थानीय तीन युवाले उनको भिडियो बनाएर सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनाइदिएकाले तनावमा रहेकी उनले विष सेवन गरेर आत्महत्या गरेकी थिइन् ।  जिल्ला प्रहरी कार्यालय स्रोतले भन्यो–“ उक्त घटनाबारे प्रहरीमा उजूरी परेपछि एक युवकलाई पक्राउ गरेर कारवाही अघि बढायौं ।”घटनामा संलग्न अझै दुई युवक फरार छन् ।

त्यसैगरी केही साताअघि आफ्नो नामको फेसबुक एकाउण्ट खोलेर आफ्नो फोटो फेसबुकमा राखेको भन्दै भीमदत्तनगरपालिका–१५ की अर्की एक किशोरीले जिल्ला प्रहरी कार्यालयमा उजूरी दिइन् ।“मैरै नामबाट फेसबुकमा मलाई नै धम्की आउन थालेपछि उजूरी दिन आएकी हूँ।” प्रवीणताप्रमाण पत्र तहमा अध्ययनरत ती किशोरीले भनिन्–“फेसबुकको धम्कीपूर्ण म्यासेजले निकै तनाव दियो ।” सञ्चारमाध्यममा आएका यी दुई घटना प्रतिनिधि पात्र घटना मात्रै हुन् । उक्त कार्यालयमा फेसबुक, म्यासेन्जर, इमेलगायत सामाजिक सञ्जाल दुरुपयोग भएको उजूरी आउने क्रम बढ्दो छ ।

उक्त कार्यालयका प्रहरी नायब निरीक्षक केशव शर्माले गत आर्थिक वर्षमा सामाजिक सञ्जाल दुरुपयोग भएका ७५ वटा उजूरी परेकामा सात वटालाई ‘साइबर क्राइम’ अन्तर्गत मुद्दा दायर गरेर काठमाडौँ पठाइएको जानकारी दिँदै सामाजिक सञ्जालबाट महिलाहरू बढी प्रताडित भएको बताउनुभयो । उहाँले सबैभन्दा बढी फेसबुक ह्याक गरिएको उजूरी बढी सङ्ख्यामा आइरहेको जानकारी दिनुभयो । विगतको तुलनामा सामाजिक सञ्जालका घटना बढिरहेको बताउँदै उहाँले यस्ता नियन्त्रणका लागि अभिभावक सजक हुनुपर्नेमा जोड दिनुभयो ।

“प्रवीणता प्रमाणपत्र तहसम्मका विद्यार्थी फेसबुकको लतमा बढी देखिन्छन् ।” प्रहरी नायब निरीक्षक शर्माले भन्नुभयो,“अभिभावकले पनि ध्यान नदिए समस्या बढ्दै जाने अवस्था छ ।” प्रहरीले फेसबुकलगायत सामाजिक सञ्जालमा अश्लील फोटो तथा भिडियो पठाउने, असन्तुष्टी पनि फेसबुकमै व्यक्त गर्नाका साथै गालीगलौचमै उत्रिने क्रम पनि बढिरहेको जनाएको छ ।“व्यक्तिगत इबी साध्न पनि सामाजिक सञ्जाल दुरुपयोग गर्ने प्रचलन जस्तै बन्दै छ ।” शर्माले भन्नुभयो,“फेसबुकबाटै मायाजालमा परेर विवाद गर्नेदेखि अरुलाई हतोत्साहित गर्ने काम पनि भएका उजूरी आउन थालेँ ।”सामाजिक सञ्जालको दुरुपयोग पनि एक चुनौती बन्दै गएको बताउँदै उहाँले सोे मुद्दामा एक लाख जरिवाना, पाँच वर्ष कैद वा दुवै सजाय हुनसक्ने बताउनुभयो ।

प्रहरीले फेसबुक, म्यासेन्जर लगायतका सञ्जालमा अनाधिकृत रुपमा आउने लिङ्क पनि नखोल्न आग्रह गरेको छ ।
“सामाजिक सञ्जाल प्रयोग गर्नेमा पनि धेरै कुरा भरपर्छ ।” सुदूरपश्चिम विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत दीपक चन्दले भन्नुभयो,“यो भेट तथा सम्र्पकको थलो पनि हो, यसलाई दुरुपयोग गर्नेहरुको पनि यहाँ कमी छैन ।” देश–विदेशमा रहेकाका लागि सामाजिक सञ्जाल बढी लाभदायक रहेको उहाँको भनाइ थियो । “घरमा बसेर भिडियो कल गरेर आफन्त र परिवारसित कुरा गर्ने सुविधा पनि मिलेको छ ।” विद्यार्थी चन्दले भन्नुभयो,“यसको दुरुपयोग हुन नदिन सबै सचेत हुनु जरुरी छ ।”सोही विश्वविद्यालयमा अध्ययनरत रोशन भाटले सामाजिक सञ्जाल अध्ययनका लागि पनि सहयोगी बनेको बताउनुभयो । उहाँले सामाजिक सञ्जालले धेरै समय खेरगइरहेकाले समयसीमा ख्याल गरेर उपयोग गर्न सके राम्रो हुने तर यसलाई लत बनाउन राम्रो नहुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group