ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘डेंगी गन’ बोकेर सांसद बस्नेत बस्तीमा पसेपछि…………..


एबीसी न्यूज
२५ भदौ २०७६, बुधबार   ५ : ४६   बजे


भक्तपुर, २५ भदौ  । भक्तपुरमा डेंगी रोगको प्रकोप फैलिएपछि प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेत लामखुट्टे मार्ने औषधिसहितको गन बोकेर बस्तीमा छिर्नु भएको छ ।

हनुमन्ते सफाइ अभियानले भक्तपुरमा बुधबारबाट डेंगी सार्ने लामखुट्टे मार्ने अभियान सुरु गरेको हो । अभियानअन्तर्गत अभियानका सल्लाहकार एवं संरक्षकसमेत रहनु भएका सांसद बस्नेत आफै औषधिसहितको गन बोकेर डेंगी सार्ने लामखुट्टे मार्ने अभियानमा जुट्नु भएको हो ।

सांसद बस्नेतले बुधबार मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीको बास्तुटोल र मनोहरा किनाराको सुकुम्बासी बस्तीमा लामखुट्टे मार्ने गनसहित डेंगी प्रकोप नियन्त्रणमा सक्रिय हुनु भएको हो ।

मन्त्री बस्नेतले डेंगी रोगको प्रकोप फैलिँदै गएकाले नियन्त्रणका लागि आ–आफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सरकार आफ्नो क्षेत्रबाट रोग नियन्त्रणका लागि पहल गरिरहेको र सरकारलाई साथ दिँदै सबैले डेंगी नियन्त्रणका लागि प्रयास गर्नुपर्ने बताउनुभयो ।

हनुमन्ते सफाइ अभियानको टोली सहभागी रहेको कार्यक्रममा अभियन्ता नरेश रञ्जितले जोखिम रहेको क्षेत्रमा माग भएअनुसार डेंगी नियन्त्रणको लागि लामखुट्टे मार्ने औषधिसहितको गन लिएर हनुमन्ते सफाइ अभियानको आपतकालीन टोली परिचालन हुने बताउनुभयो ।

भक्तपुरमा डेंगी रोग महामारीको रुपमा फैलिनबाट रोक्न र डेंगी नियन्त्रण गर्न अभियान सुरु गरेको बताउँदै मेसिन आवश्यक पर्ने ठाउँमा माग गर्नसमेत आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७६८ पुग्यो

प्यानल छाडेर पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा बुद्धाचार्यको स्वतन्त्र उम्मेदवारी

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu