ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल भ्रमण वर्ष २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य यस्तो (भिडियोसहित)


एबीसी न्यूज
२६ भदौ २०७६, बिहिबार   ८ : ११   बजे

काठमाडौं, २६ भदौ । नेपाल भ्रमण वर्ष २० लाख पर्यटक भित्र्याउने सरकरी लक्ष्य छ । सरकारी लक्ष्य हासिल गर्न सरकारी प्रयास पनि जारी छ । सोही अनुसार पाटा नेपालको आयोजना र नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२०को सचिवालयको सहकार्यमा आगामी जनवरीमा नेपाल भारत चाइना एक्सपो आयोजना हुने भएको छ ।

नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा रहेर प्यासिफिक एसिया ट्राभल एसोसियन (पाटा) नेपाल च्याप्टरले भ्रमण बर्ष २०२० सफल पार्ने नेपाल इण्डिया चाइना एक्सपो (नाईस ) अयोजना गर्न गर्न लागेको छ । भ्रमण वर्षको लक्ष्यलाई साकार पार्ने उदेश्यसहित नाइस अर्थात नेपाल इण्डिया र चाइना एक्सपो हुन लागेको हो । नेपाल भारत चाइना एक्पोका आयोजना गरि भारत र चीनबाट पर्यटक भित्र्याउने लक्ष्य छ । चीन भारतसंगै तेश्रो मुलुकबाट पर्यटक भित्र्याउन समेत यो मेलाले योगदान गर्ने विश्वास गरिएको छ ।

सरकार यति बेला भ्रमण वर्ष २०२० को तयारीमा जुटेको छ । भ्रमण वर्ष २०२० को मुख्य उद्देश्य नेपाललाई पर्यटक गन्तव्यको रुपमा विश्व सामु चिनाउने हो । यहि भ्रमण वर्ष २०२० लाई सफल पार्ने प्यासिफिक एसिया ट्राभल एसोसियन (पाटा) नेपाल च्याप्टरले भ्रमण बर्ष २०२० सचिवालय र नेपाल बोर्डको सहकार्यमा आगमी २१ देखि २४ फेबु्रअ्ी सम्म नेपाल इण्डिया चाइना एक्सपो (नाईस ) आयोजन हुन लागेको हो । नेपाल संसारकै सबैभन्दा धरै विविधता भएको देशमध्ये एक हो । अन्तर्रा्ष्ट्रिय रुपमा प्रचार प्रसार देखि नेपालमा पनि जनचेतना बढाउने काम भइरहेका छ ।

नेपाल पर्यटकीय गन्तव्यलाई अन्तर्रा्ष्ट्रिय रुपमा प्रवद्र्धन गर्ने किसिमको छ । सन २०१७ को तुलनामा सन २०१८ मा पर्यटक आगमन करिब २५ प्रतिशतले बढेको छ ।सन् २०१८ को तथ्याङ्क अनुसार १५०मिलियन पर्यटकले विश्व भ्रमण गर्ने गरेका छन् ।

ती मध्ये चिनिया र भारतीय धेरै छन् , कुल चिनियां र भारतीय मध्ये ने्पालमा ०.१प्रतिशत चिनियां र ०.७५ प्रतिशत भारतीय पर्यटकले मात्र नेपाल भ्रमण गरेका छन् । सरकारी लक्ष्य अनुसार सन २०२० मा २० लाख र सन २०३० को ५० लाख पर्यटन भित्रायाउने योजना छ । यसको लागि एक्सपोले महत्वपुर्ण आधार शिला तयार अपेक्षा गरिएको छ । एक्सपोमा एक्सपाले २सय भन्दा बढी क्रेता,१सय बिक्रेता र चिन भारतका ५० भन्दा बढी संञ्चारकर्मी , विज्ञ वक्ता ,संघसंस्था,सरकारी निकाय तथा सरोकारवाला रहने छन् ।

यो विश्वमै पहिलो पटक तीन मुलक समावेश गरेर आयोजन गर्ने लागेको मेला हो । आयोजकले नयां सय गन्तव्यहरुको पूर्वाधार देखि प्रवद्र्धनमा सबैको सहयोगको अपेक्षा गरेको छ । पर्यटकी गन्तव्यहरुको प्रवद्र्धन गर्न सकेमा नेपाले पर्यटनमा सुधार गर्न विश्वा गरिएको छ । आगामी जनवरीमा आयोजित एक्पोले ठूलो योगदान गर्ने विश्वास गरिएकोले सबै तह क्षेत्र र तप्काबाट साथ र सहयोग हुने सकेमा लक्ष्य हासिल गर्न सकिने छ। यसर्थ पर्यटनसंग सरोकार राख्नेहरुबीच समन्वय सहकार्यको खांचो भने जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७६८ पुग्यो

प्यानल छाडेर पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा बुद्धाचार्यको स्वतन्त्र उम्मेदवारी

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu