ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बोत्तलमा लेखिएको एउटा ‘शब्द’का कारण, जोगीयो सिंगै परिवारको ज्यान


एबीसी न्यूज
२६ भदौ २०७६, बिहिबार   २ : ०२   बजे

काठमाडौँ, २६ भदौ ।  सुन्दा कुनै दन्त्य कथा जस्तो लाग्ने घटना अमेरिकामा घटेको छ । जहाँ एउटा परिवारका सम्पूर्ण सदस्यको ज्यान बोत्तलमा लेखिएको एउटा ‘शब्द’का कारण जोगिएको छ । तीब्र बहाव भएको एउटा झरनामा फसेको परिवार बोत्तलमा लेखिएको सन्देशका कारण जोगिएको हो । झरनामा फसेका परिवारका सदस्यहरुले बोत्तलमा एउटा शब्द लेखेर फोलेका थिए । सन्देश लेखिएको बोत्तल झरनाको तल नदीमा तैरिरहेको फेला पर्यो । बोत्तल फेला पार्ने व्यक्तिको मद्दतबाट सम्पूर्ण परिवारको उद्दार भयो ।

कर्टिस ह्विटसन, उनकी गर्लफ्रेन्ड र १३ वर्षको छोरा जुन महिनामा मध्य क्यालिफोर्निया गएका थिए । उनीहरु एउटा उपत्यका हुँदै अरोयो सेको नदी र त्यहाँबाट झरनासम्म जान चाहन्थे । तर, तेस्रो दिन उनीहरु एउटा यस्तो क्षेत्रमा फसे, जहाँ चारैतिर ४० फिट उच्चो पर्खाल थियो ।कर्टिसले रसी पनि साथमा बोकेका थिएनन् । जसका कारण उनीहरु त्यहाँबाट सजिलै बाहिर आउन सक्ने संभावना पनि बाँकी रहेन । झरनाको तीब्र बहावका कारण उनीहरु त्यहिँ फस्न पुगे । त्यहाँ न त उनको फोनको नेटवर्कले काम गरेको थियो, न त नजिकमा कुनै मानवीय चललपहल देखिन्थ्यो । कार्टिसले सीएनएनसँको कुराकानीमा उक्त क्षण सम्झँदै भने, ‘जब मलाई महसुस भयो कि पानी धेरै छ, तल उत्रिन जोखिमपूर्ण छ, बाँच्ने आश नै समाप्त भइसकेको थियो।’

त्यसपछि उनीहरुले आफूसँग भएको एउटा ‘अर्डर स्लिप’ कागजमा एउटा सन्देश लेखेर पानीमा बगाउने निर्णय गरे । अर्डर स्लिपमा ‘हेल्प’ ९हामीलाई मद्दत गर्नुहोस्० भन्ने सन्देश लेखेर उक्त स्लिप हरियो रंगको बोत्तल भित्र राखेर बगाइदिए । उनीहरु फेसको करिब ४०० मिटर तल बोत्तलमा लेखिएको उक्त सन्देश २ जना हाइकर्स हाइकिङ गर्न हिँडेका व्यक्तिले फेला पारे ।

हाइकर्सहरुले उक्त सन्देशसहित बोत्तल फेला पारेपछि उद्दारकर्ताहरुलाई खबर गरे । हाइकर्सहरु उद्दारकर्तालाई लिएर कार्टिसको परिवार फसेको ठाउँमा पुगे । जुन १५ तारिखको राति केही घण्टाको प्रयास पछि उद्दारकर्ताहरुले कार्टिस परिवारका सबै सदस्यको सकसुल उद्दार गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group