ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद् बैठक : संयुक्त सैन्य अभ्यास रोक्न माग


एबीसी न्यूज
२६ भदौ २०७६, बिहिबार   ८ : १९   बजे

काठमाडौँ, २६ भदौ । सत्तारुढ तथा प्रतिपक्षी दलका सांसदले मुलुकको परराष्ट्र नीति विपरीत हुने कूटनीति गतिविधिलाई नियन्त्रण गरिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आज भएको बैठकको विषेश समयमा आफ्नो धारणा राख्दै उहाँहरुले कूटनीतिक समान धारणा बनाएर नेपालले असंलग्न परराष्ट्र नीति विपरीत कुनै पनि मुलुकको पक्ष वा विपक्षमा लाग्न नहुने धारणा राख्नुभयो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का सांसद पम्फा भुसालले ‘इण्डोप्यासिफिक’बारे सरकारलाई अमेरिकी राजदूतावासले स्पष्टिकरण सोधेको भन्ने विषयको यथार्थ जानकारी दिन माग गर्नुभयो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भएको भेटवार्ताका सम्बन्धमा भएको कुराकानीको विषयलाई लिएर अमेरिकी राजदूतावासले स्पष्टीकरण सोधेको भन्ने विषयबारे सरकारसँग जवाफ माग गर्नुभयो ।

उहाँले भन्नुभयो, “पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेकपाका अध्यक्ष ‘प्रचण्ड’ले चिनियाँ विदेशमन्त्रीसँग गरेको कुराकानीको विषयलाई लिएर अमेरिकी दूतावासले स्पष्टीकरण सोधेको हो कि होइन रु यदि त्यस्तो हो, भने सार्वभौम मुलुकको कूटनीति विपरित छ, यस्ता गतिविधि नियन्त्रण गर्न राज्य बेलैमा सजक हुनुपर्छ ।”

सांसद भुसालले अमेरिकी सेना र सशस्त्र प्रहरीबलबीच हुने भनिएको सैन्य अभ्यास रोक्न पनि माग गर्नुभएको छ । उहाँले छिमेकी मुलुक चीन र अमेरिकाबीच व्यापारिक विवाद चुलिएको सन्दर्भमा, असंलग्न परराष्ट्र नीतिविरुद्ध कुनै पनि एलाइन्समा लाग्न नहुने भन्दै पञ्चशिलको सिद्धान्तम अडिक रहेर यस्ता तालीम सञ्चालन गर्न नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अमेरिकाले अन्नपूर्ण सर्किट र कुरिनटारमा आगामी नोभेम्बर महीनामा सैन्य अभ्यास गर्ने भन्दै उहाँले निवेदन दिएको सुन्नमा आएकोले त्यस्तो प्रकारको अभ्यास नगर्न आग्रह गर्नुभयो । नेपाल इन्डोप्यासिफिक सैन्य समूहमा नरहेकाले उक्त अभ्यास गर्न नहुने सांसद भुसालको भनाइ थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद अमरेशकुमार सिंहले सरकारको परराष्ट्र नीतिको कमजोरीले मुलुकलाई अफ्ठयारो पारेको आरोप लगाउनुभयो । उहाँले पछिल्ला भ्रमणको विषयलाई लिएर विभिन्न विषय सतहमा आएको तथा दुवै छिमेकी मुलुक भारत र चीनलाई समान व्यवहार गरिनुका साथै ‘इन्डो प्यासिफिक अलाइन्स’ र ‘बिआरआई’ जस्ता समूहमा नेपालले सदस्यता लिन नहुने धारणा राख्नुभयो ।
काङ्ग्रेसकै सांसद सांसद सञ्जय गौतम र सुजाता परियारले दशैँ, तिहारजस्ता महत्वपूर्ण चाड पर्व नजिएिकसँगै दैनिक उपभोग्य वस्तुमा महङ्गी, कालाबजारी बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद गौतमले डेङ्गु प्रकोपबारे तालुकदार मन्त्रालयले बेवास्था गरेको भन्दै स्वास्थयमन्त्रीको आलोचना गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको उद्धारमा ढिलाइ, सकुशल भेटिने आश क्षीण

ज्येष्ठ नागरिक जिल्ला संघ बागलुङको स्थापना दिवसमा फलफूल वितरण

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu