काठमाडौं, २७ भदौ । भीमदत्त नगरपालिका वडा नं १९ को कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको छ । वडा कार्यालयको ताला फुटाली भित्र आगजनी गरिएको थियो । आगजनीबाट कार्यालयभित्र राखिएका फर्निचर, महत्वपूर्ण कागजपत्रसहितको दराजलगायत जलेर क्षति पुगेको नगरप्रमुख सुरेन्द्र विष्टले बताउनुभयो ।
आगजनी गरिएको ठाउँमा नेकपा ९विप्लव० समूहको नामबाट छाडिएको पर्चासमेत फेला परेको जानकारी दिँदै उहाँले भन्नुभयो, “कसले आगजनी गरेको हो भन्नेबारे अझै पुष्टि हुन सकेको छैन तर कार्यालयमा भएको क्षतिको विवरण भने सङ्कलन गरिएको छ ।”
प्रतिक्रिया दिनुहोस्