ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युवा विद्यार्थीलाई प्रतिगामी तत्वविरुद्ध भण्डाफोर गर्न आग्रह


एबीसी न्यूज
२७ भदौ २०७६, शुक्रबार   ८ : २७   बजे

काठमाडौं, २७ भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले नेकपाको एकतापछि पार्टी एकढिक्का भएको बताउनुभएको छ ।

राष्ट्रिय युवा सङ्घ नेपालको पदभार ग्रहण, कार्यालय उद्घाटन, बिदाइ तथा स्वागत कार्यक्रममा महासचिव पौडेलले आगामी दिनमा नेकपामा कुनै गुट र उपगुटको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले गुटका कारण पार्टीलाई क्षति पुग्ने भन्दै विगतका पाना हेर्नेभन्दा पनि वर्तमान र भविष्यलाई हेरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

महासचिव पौडेलले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देश र जनताको हितमा रही ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई सार्थकतामा पु¥याउन अहोरात्र खटिरहेको बताउनुभयो । उहाँले सरकारले मात्र देशलाई विकसित तथा परिस्कृत बनाउन नसक्ने हुँदा सरकारी, गैरसरकारी सङ्घसंस्था तथा नागरिकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

पार्टी एकतामा केही ढिलाइ भएका कारण देशभित्र तथा बाहिरका प्रतिगामी तत्वहरु पार्टी तथा सरकारको विरुद्धमा उठिरहेको बताउँदै उहाँले युवा विद्यार्थीले उक्त प्रतिगामी तत्वहरुको विरुद्धमा भण्डाफोर गरी सरकारले गरेका राम्रा कामहरु जनतामाझ पु¥याउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा सङ्घका इञ्चार्ज महेश बस्नेतले युवा नै देशको मेरुदण्ड रहेको बताउँदै युवाले देशको भाग्य र भविष्यको आधार तयार पार्ने बताउनुभयो । युवा सङ्गठन नै गतिशील सङ्गठन भएकाले युवा सिर्जनशील, खोजमूलक तथा लगनशील हुनुपर्दछ भन्नुभयो ।

राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने मुख्य जिम्मा युवामा रहेको बताउँदै युवा सङ्घले सरकार, देश र जनताको विरुद्धमा कुनै पनि गतिविधि गर्ने प्रतिगामी शक्तिलाई परास्त गर्न जस्तोसुकै मूल्य चुकाउनु परे पनि तयार हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले कुनै पनि युवा बेरोजगारी हुनु नहुने बताउँदै रोजगारी बिनाको युवा सङ्घको नेता तथा कार्यकर्ता हुन नसक्ने समेत उद्घोष गर्दै हरेक युवा उत्पादनसँग जोडिनुपर्दछ भन्नुभयो ।

तत्कालीन युवा सङ्घ नेपालका इञ्चार्ज महेन्द्रबहादुर पाण्डेले दुई सङ्गठन एकता भइसकेपछि विगतका इतिहास पल्टाएर हेरी अघि बढ्नेभन्दा पनि भविष्यको पाना निर्धारण गर्ने गरी युवा सङ्घ नेपालका नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो । उहाँले कतिपय युवामा हुने उत्तेजना सिर्जनात्मक कार्यमा कमजोर बनाउने भएकाले त्यसलाई विशेष ध्यान दिन आग्रहसमेत गर्नुभयो ।

त्यस्तै साविक वाइसिएल नेपालका इञ्चार्ज मणि थापाले विश्व कम्युनिष्ट इतिहासमा भई आएका घटनाबाट नेपालले राम्रा कुरालाई आत्मसात् गर्दै नराम्रा कुराहरुलाई परिवर्तन गरी नेपालको कम्युनिष्ट आन्दोलनलाई शिखरमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अखिल नेपाल महिला सङ्घका संयोजक अमृता थापा, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु०का अध्यक्ष ऐन महरलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । सङ्घका संयोजक रामप्रसाद सापकोटा तथा सहसंयोजक रमेश पौडेलले आगामी दिनमा युवालाई गोलबन्द गरी एकताबद्ध रुपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँहरुले आगामी असोज ९ गतेसम्ममा एकताका सम्पूर्ण काम सम्पन्न गरी केन्द्रीय कमिटीको बैठक राख्ने, तिहारसम्ममा सङ्घको विशाल राष्ट्रिय कार्यकर्ता भेला राख्ने, सदस्यता प्राप्त गरेका कुनै पनि नेता कार्यकर्ताले अनिवार्यरुपमा सदस्यता लिएको तीन महीनाभित्रमा रोजगारीमा जोडिनुपर्नेलगायतका निर्णय सार्वजनिक गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group