ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनोनयन दर्तालाई सहज बनाउन तीनबुँदे सम्झौता


admin
१५ कार्तिक २०७४, बुधबार   १२ : २३   बजे

बनियानी, झापा, १५ कात्तिक ।  झापामा मनोनयन दर्तालाई सहज र सरल बनाउन सरोकारवालासँग लिखित सम्झौता गरिएको छ ।

राजनीतिक दल र सरोकारवाला निकायसँग छलफल गरी मनोनयन दर्तालाई सहज बनाउन तीनबुँदे लिखित सम्झौता गरिएको निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने, मनोनयन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आ–आफ्नो तर्फबाट प्रयास गर्नेलगायतका सम्झौता भएको छ ।

त्यस्तै भोलि (कात्तिक १६ गते) बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुने मनोनयन दर्ताका लागि समय र कोणसभा गर्ने स्थानसमेत तोकिएको उहाँले बताउनुभयो ।

राप्रपालगायतको गठबन्धनले बिहान १० देखि ११ बजेसम्म र कोणसभा गर्ने स्थान मेची रंगशाला, राजपासहितको गठबन्धनले बिहान ११ देखि १२ः३० बजेसम्म र कोणसभा गर्ने स्थान खाद्य गोदामको मैदानमा तोकिएको छ ।

त्यस्तै, नेपाली काँग्रेससहितको गठबन्धनले दिउँसो साढे १२ बजेदखि अपरान्ह २ बजेसम्म र कोणसभा एसपी मोड अगाडि, एमाले–माओवादीसहितको गठबन्धनले २ देखि ४ बजेसम्म र कोणसभाका लागि वीरेन्द्र उच्च मावि पछाडिको खुल्ला मैदानमा र साना दल तथा स्वतन्त्रले समय अनुकूल मिलाएर गर्ने र कोणसभा भने नेपाल विद्युत् प्राधिकरण अगाडिको तोकिएको निर्वाचन अधिकृत आचार्यले बताउनुभयो ।

मनोनयनपत्र दर्ताका लागि झापाको भद्रपुरमा मुख्य निर्वाचन कार्यालयसहित पाँचवटा निर्वाचन कार्यालय स्थापना भइसकेको छ ।

जिल्ला समन्वय समितिको कार्यालयमा झापा क्षेत्र १ र ३ को कार्यालय स्थापना गरिएको छ । झापा क्षेत्र नम्बर २ को जिल्ला शिक्षा कार्यालय, क्षेत्र नम्बर ४ को जिल्ला स्काउट कार्यालय र क्षेत्र नम्बर ५ को जिल्ला हुलाक कार्यालयमा निर्वाचन कार्यालय स्थापना गरिएको छ ।

आयोगले झापा क्षेत्र नम्बर ३ मा मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश खिलानाथ रेग्मी, क्षेत्र नं १ मा निर्वाचन अधिकृततर्फ सर्वोच्च अदालत काठमाडौँका इजलास अधिकृत शिवप्रसाद पराजुली, क्षेत्र नं २ मा सर्वोच्चका उपरजिष्ट्रार इन्दिरा शर्मा, क्षेत्र नं ४ मा सर्वोच्चका इजलास अधिकृत प्रेम खड्का र क्षेत्र नं ५ मा इजलास अधिकृत शकुन्तला कार्की खटाइको छ ।

यता जिल्ला प्रहरी कार्यालय झापाले मनोनयन दर्तालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुद बनाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका एसपी विष्णुकुमार केसीले मनोनयन दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सुरक्षाको व्यवस्था मजबुद बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, आवश्यकताअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, ‘विपक्षीको नाडी छाम्ने काम नगरियोस्’

बालेन–रवि सम्बन्धमा चिसोपन ? सुकुमवासीदेखि पासपोर्ट विवादसम्म पाँच मुद्दामा बढ्यो दूरी

रुसका लागि जापान ‘गुप्त प्रविधि केन्द्र’ ? युक्रेन युद्धमा जापानी प्रविधि पुगिरहेको दाबीपछि वैश्विक चासो

राज्यको तमासा : सुकुम्वासीको आत्महत्या हुँदै आत्मदाहको त्रसित बाटो

सरकारले सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने ५ दिने अल्टिमेटम तत्काल फिर्ता लिनुपर्दछः काँग्रेस सांसद कामी

दलाई लामासम्बन्धी गतिविधिले परराष्ट्र नीतिमा प्रश्न उठाएको नारायणकाजीको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu