चितवन, २९ भदौ । नेपाल अर्बुदरोग निबारण संस्था को ३७ औ बार्षिकोत्सबको अवसरमा कास्की शाखाले विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । शाखाले चिसाखोला वेद बिधाश्रममा ९७ बर्ष पुग्नुभएका आश्रमका सस्थापक गुरु केदानाथ तिमिल्सिना लाई सम्मान तथा ३५जाना बिद्यार्थीलाई शैक्षिक सामाग्रि, खाध सामाग्री बितरण तथा आर्थिक सहयोग कार्यक्रम ,सराङकोट, पोखरा –१८ मनाएको हो ।
कार्यक्रममा उपस्थित प्रमुख अथिति नेपाल अर्बुद रोग निबारण सस्थाका केन्द्रीय सदस्य तथा पुर्ब कास्की साखाका अध्यक्ष दिनेश शङखर पालिखे विशिष्ट अथिति गुरु केदारनाथ तिमिल्सिना ,सस्थाका पदअधिकारी उपस्थित कार्यक्रमको अध्यक्षता कास्की शाखाका अध्यक्ष रामचन्द्र थापाले गर्नुभएको थियो ।
संयोजक द्धितिय उपसभापति बिश्वमोहन अधिकारीले गर्नुभएको कार्यक्रमको संचालन सचिब नारायण पराजुलीले गर्नुभएको थियो । सो कार्यक्रममा शैक्षिक सामाग्री दिनेश शङखर पालिखेले ,खाद्यान्न सहयोग निबर्तमान अध्यक्ष रामप्रसाद बस्ताकोटीले,सम्मान सामाग्रि सचिब नारायण पराजुलिले जलपान अध्यक्ष रामचन्द्र थापाले र नगद ११ हजार रुपैया अन्य उपस्थित सदस्य सस्थाका पदअधिकारीबाट सङकलन हस्तान्तरण गरि कार्यक्रम सम्पन्न भएको सस्थाका कार्यसमिति सदस्य तथा अभियान्ता सरु अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्