ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रीको कारण उडान १५ मिनेट मात्रै ढिलो भएको हो– नेपालगञ्ज विमानस्थल


एबीसी न्यूज
२९ भदौ २०७६, आइतबार   ३ : ०४   बजे

काठमाडौँ, २९ भदौ  । शनिबार नेपालगञ्जबाट काठमाडौँ उडान गर्न लागेको बुद्ध एयरको जहाज मन्त्रीका कारण उड्न ढिलाइ भएको भन्दै केही यात्रुले सँस्कृति, पर्यटन तथा नगारिक उड्डयन मन्त्री योगेश भट्टराईकै अगाडि गरेको नाराबाजीको भिडियो भाइरल बनेको छ ।

मन्त्री भट्टराईकै कारण उडान एक घण्टा ढिला भएको भन्दै उनीहरुले आक्रोश पोखेका छन् । तर नेपालगञ्ज विमानस्थलले भने १५ मिनेट मात्रै उडान ढिलाइ भएको जनाएको छ ।

मन्त्री भट्टराईले पनि आफ्नो कारण जहाज १५ मिनेट ढिलो भएको भन्दै यात्रुलाई पर्न गएको असुविधाप्रति काठमाडौँ फर्किसकेपछि सामाजिक सञ्जाल फेसबुक मार्फत क्षमायाचना गरिसक्नुभएको छ । काठमाण्डौबाट उडेको बुद्ध एयरको एटीआर ७२ विमान नेपालगञ्ज विमानस्थलमा सवा ६ बजे अवतरण भएको विमानस्थलले जनाएको छ ।

विमानस्थलको रेकर्ड अनुसार सवा ६ बजे अवतरण भएको विमानले ७ बजेर ६ मिनेटमा उडान भरेको छ । विमान अवतरण भएपछि यात्रु र उनीहरुका ब्यागेज झार्न तथा फेरि त्यहाँबाट आउने यात्रु चढाउन र उनीहरुका ब्यागेज हाल्न कम्तीमा पनि आधा घण्टा हरेकजसो विमानमा लाग्ने गरेको विमानस्थलका कर्मचारी बताउँछन् ।

विमानस्थलका अनुसार शनिबार पनि सवा ६ बजे अवतरण भएको बुद्ध एयरको विमानले यात्रु झार्न र फेरि चढाउँदा बेलुकी झण्डै ६ बजेर ४५ मिनेट भैसकेको थियो । नेपालगञ्जबाट काठमाडौँको उडान ६ः३० का लागि तोकिएको भए पनि जहाज अवतरण गर्नै ढिलाइ गरेपछि उडानको समय पनि पछि सरेको थियो ।

नेपालगञ्ज विमानस्थलका अनुसार मौसम खराबीका कारण काठमाडौँबाट उडान भरेको विमान नेपालगञ्ज अवतरण गर्न ढिलाइ भएको थियो । काठमाण्डौबाट जहाजले उडान भरेपछि बोर्डिङ खुला गर्ने र काठमाडौँबाट उडान भरेको जहाज नेपालगञ्ज अवतरण गर्न कम्तिमा ५५ मिनेट लाग्ने गर्छ ।

बाहिर भनिएजस्तो विमान उड्न एक घण्टा ढिला भएको नभइ मन्त्रीलाई कुर्दा १५ मिनेट मात्रै ढिला भएको नेपालगञ्ज विमानस्थलले जनाएको छ ।‘यात्रुहरुलाई चढाउन र सामान लोड गरेर पौने सात बजेतिर सकिएको र मन्त्रीलाई कुर्दा १५ मिनेट मात्रै ढिला भएको हो’, विमानस्थल स्रोतले भन्यो, ‘टावरकै रेकर्डमा पनि नेपालगञ्जबाट काठमाडौँ ७ बजेर ६ मिनेटमा जहाज उडेको छ ।’

दिउँसो भएको भए उडानमा ढिलाइ नहुने भन्दै अन्तिम उडान भएको र अर्को विकल्प पनि नभएकाले मन्त्रीलाई १५ मिनेट कुर्नुपरेको विमानस्थल स्रोतले जनाएको छ ।

मन्त्रीले खजुरा आइपुगेको र केही समय पर्खन भनेकाले उडानको अरु विकल्प नहुँदा १५ मिनेट मात्रै पर्खिएको विमानस्थलले जनाएको छ । मन्त्री भट्टराईले आइतबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम छ । त्यसैका कारण पनि आफू काठमाडौँ फर्कनैपर्ने दबाबमा रहेकाले बुद्ध एयरसँग आग्रह गरेर केही समय मात्रै उडान ढिला भएको स्पष्ट पारिसक्नुभएको छ ।

मन्त्री भट्टराई कैलालीको टिकापुरमा आयोजना भएको डल्फिन महोत्सवको कार्यक्रममा सहभागी भएर फर्कँदा ढिलाइ हुन पुगेको थियो । यसअघि गएको वैशाख २ गते भैरहवाबाट काठमाडौँ आउने क्रममा ढिलाइ हुँदा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई बुद्ध एयरले छाडेर उडेको थियो ।

तर मन्त्रीले भोलिपल्टको अर्को विमानमा जाने भनेकाले समयमै उडान भरेको भनेर बुद्ध एयरले त्यस बेला विज्ञप्ति नै जारी गरेको थियो । अहिले मन्त्रीकै कारण उडान ढिलाइ भएको भनेर भिडियो बाहिरिँदा पनि बुद्ध एयरले भने यसबारे कुनै प्रतिकृया दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group