ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सरकारको निगरानी गरे पनि नियन्त्रण गर्न नसक्ने’– सभामुख महरा


एबीसी न्यूज
३० भदौ २०७६, सोमबार   ६ : ५३   बजे

 

काठमाडौं, ३० भदौ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसदीय समितिले सरकारका काम कारवाहीको निगरानी गरे पनि नियन्त्रण गर्न नसक्ने बताउनुभएको छ ।

सङ्घीय संसद् सचिवालयले आज नयाँ बानेश्वरमा आयोजना गरेको संसदीय अभ्याससम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले संसद्ले समितिमार्फत् सरकारले आफ्नो ट्र्याक छाड्छ कि भनेर निगरानी गर्ने भूमिकामा क्रियाशील रहेको बताउनुभयो । “सरकारले ‘रेस्पोन्स’ गरेको अवस्थामा संसद्का कामकारवाही झनै प्रभावकारी हुन्छ, संसद्ले सङ्कल्प प्रस्ताव, सार्वजनिक महत्वको प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव पारित गरेको छ, यी प्रस्ताव कार्यान्वयनका लागि सरकारले ध्यान दिने विश्वास छ”, उहाँले भन्नुभयो ।

संसद् नियमावलीअनुसार चल्नु नै संसदीय प्रक्रियाको असल अभ्यास हुने बताउनुहुँदै सभामुख महराले सांसदहरु आफ्नो जिम्मेवारी र दायित्वप्रति सजग हुनुपर्ने भनाइ राख्नुभयो । सांसद कानून निर्माणका लागि निर्वाचित भए पनि निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न विकास निर्माणसँग जोडिनुपर्ने आवश्यकता पनि रहेको उहाँले बताउनुभयो ।

संसद्मा मन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रमलाई निरन्तरता दिइए पनि स्वास्थ्यका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम अहिलेसम्म एकपटक मात्रै गर्न सकिएको सभामुख महराले सुनाउनुभयो । कार्यक्रममा उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले संसदीय अभ्यासलाई विगतभन्दा प्रभावकारी बनाउन संसद्ले रणनीतिक कार्ययोजना नै बनाएको बताउनुभयो ।

“कार्ययोजनामा सांसदहरुको क्षमता अभिवृद्धि गर्ने, संसदीय अभ्यास प्रभावकारी बनाउने विषय पनि छ, त्यसकै लागि यो कार्यक्रम आयोजना गरिएको हो, संसद् प्रभावकारी भएको सन्देश दिलाउने गरी सांसदले पनि काम गर्नुपर्छ”, उहाँले भन्नुभयो । राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालले संसद्मा प्रस्तुत हुँदा सांसदहरुले प्राविधिक विषयमा पनि ध्यान दिनुपर्ने सुझाव राख्नुभयो ।

सो अवसरमा नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेलले ‘संविधान, संसदीय अभ्यासमा प्रभावकारिता शून्य र विशेष समय तथा प्रस्तुति शैली’ विषयमा सांसदहरुलाई प्रशिक्षण दिनुभएको थियो । सङ्घीय संसद् सचिवालयका सचिव धु्रवप्रसाद घिमिरेले ‘संसदीय निगरानीमा प्रस्ताव र प्रश्नोत्तरको भूमिका’ शीर्षकमा सांसदहरुलाई प्रशिक्षण दिनुभएको थियो । संसदीय प्रक्रियाका सम्बन्धमा सांसदहरुले उपस्थित विज्ञसँग प्रत्यक्ष प्रश्नोत्तरमार्फत आफ्ना जिज्ञासासमेत राख्नुभएको थियो । यस्तै कार्यक्रम केही समय अगाडि महिला सांसदका लागि मात्र सचिवालयले आयोजना गरेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group