काठमाडौं, ३० भदौ । काठमाण्डौको मनमैजुमा दुई जना बालिकामाथि सार्वजनिक बसभित्रै यौन दुर्व्यवहार भएको छ । बा ४ ख ८२ नम्बरको बसमा रहेका दुई जना बालिकामाथि यौन दुर्व्यवहार भएको र उनीहरुको स्वास्थ्य परीक्षण भैरहेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाले प्रहरीलाई बताएअनुसार अघिल्लो दिन दुई जना शुभकामना चोकमा हराएका थिए । राति ९ बजेपछि चोकमा देखेका सह–चालक राईले बोलाएर बालिकालाई घर कहाँ हो भनी सोधेका थिए ।
एक जना बालिकाले ग्रिनल्याण्ड बताएपछि उनले राति भइसकेको बताउँदै बिहान लगिदिने प्रतिबद्धता जनाए । तर, राति आफ्नै कोठामा राखेका राईले बालिकामाथि जबरजस्तीकरणी गरेको आरोप छ ।
प्रहरीले दुर्व्यवहार गर्ने बसका सहचालकलाई पक्राउ गरेको छ । सहचालकलाई हिरासतमा राखेर अनुसन्धान थालेको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख उत्तम सुवेदीले जानकारी दिनुभयो।
प्रतिक्रिया दिनुहोस्