ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“प्रकृतिलाई चुनौती दिएर विकास सम्भव हुँदैन”– मन्त्री गुरुङ


एबीसी न्यूज
३० भदौ २०७६, सोमबार   ७ : ४७   बजे

काठमाडौं, ३० भदौ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कालीगण्डकी डाइभर्सन कुनै हालतमा हुन नदिने बताउनुभएको छ ।

तनहुँको देवघाट गाउँपालिका, देवघाट क्षेत्र विकास समिति र नेपाल सन्त समाजले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको ‘कालीगण्डकी डाइभर्सन र प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले प्रदेश सरकारले कुनै पनि हालतमा कालीगण्डकी डाइभर्सन गर्न नदिने बताउनुभएको हो ।

मन्त्री गुरुङले प्रकृतिलाई चुनौती दिएर गरिने विकासले विनाश मात्रै हुने बताउँदै डाइभर्सनले राम्दीभन्दा तलका सबै भू–भाग मरुभूमिमा परिणत हुने धारणा व्यक्त गर्नुभयो । “कालीगण्डकी डाइभर्सन गर्छु भन्नु केन्द्रीकृत मानसिकताको उपज हो,” नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो, “प्रकृतिलाई चुनौती दिएर विकास सम्भव हुँदैन ।”

“गण्डकी प्रदेश सरकारका विरोधका बाबजुद गरिने आयोजनालाई राष्ट्रिय गौरवको आयोजना भन्न मिल्दैन,” उहाँले भन्नुभयो, “प्रदेश सरकार यो आयोजनाको पक्षमा छैन ।”मन्त्री गुरुङले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको कालीगण्डकीको प्राकृतिक बहावलाई परिवर्तन हुन नदिने बताउँदै स्थानीयवासीको आन्दोलनमा प्रदेश सरकारको निरन्तर सहयोग रहने आश्वासन दिनुभयो ।

कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव शान्तबहादुर श्रेष्ठले तीनाउ डाइभर्सन विकास कि विनास, नेपाल सन्त समाजका महासचिव डा गुरुप्रसाद सुवेदीले कालीगण्डकीको महत्व र डाइभर्सनको दुस्प्रभाव, कालीगण्डकी ज्ञान विज्ञान अध्ययन प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्ण महाराजले कालीगण्डकीको महत्व र अध्येता डा कुलराज चालिसेले जलवायु अनुकूलन सन्दर्भमा श्रीकृष्णकण्डकी विषयमा फरक फरक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

चारवटै कार्यपत्रमा कुनै पनि हिसाबले कालीगण्डकी डाइभर्सन उपयुक्त नभएको उल्लेख गरिएको छ । सुवेदीको कार्यपत्रमा भनिएको छ “कालीगण्डकीको धार परिवर्तन भएर देवघाटलगायतका धार्मिक धरोहरलाई समाप्त गर्न खोजिए त्यो हाम्रै सन्ततिको भविश्यका लागि अक्षम्य अपराध गरेको ठहरिने छ ।”

यसैगरी प्रतिनिधिसभा सदस्य तिलक महत, गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, प्रदेशसभा सदस्य विजय सुवेदी, पाल्पा रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापा, घिरिङ गाउँपालिकाका अध्यक्ष रामबहादुर लामा, भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारी, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललगायतले कालीगण्डकी डाइभर्सन यस क्षेत्रका लागि अभिशाप हुने भन्दै सफल हुन नदिन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

सङ्घीय सरकारले प्रस्ताव गरेको कालीगण्डकी डाइभर्सनले देवघाटको धार्मिक एवं पुरातात्विक महत्व नाश हुने हुँदा उक्त परियोजना स्थगन गर्न सरकारसँग माग गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिनुभयो ।

विसं २०७३ सालमा कालीगण्डकी नदीको पानीलाई सुरुङमार्फत तिनाउ नदीमा खसालेर रुपन्देही र कपिलवस्तुमा सिँचाइ सेवा उपलब्ध गराउन कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना घोषणा भएको थियो । झण्डै रु ४० अर्बको डाइभर्सनका लागि पाल्पा र स्याङ्जाको सीमामा पर्ने राम्दीभन्दा केही किलोमिटर तलबाट सुरुङ बनाउने योजना छ । उक्त परियोजनाबाट विद्युत् र सिँचाइ गर्ने योजना सरकारको छ ।

नदीको प्राकृतिक बहावलाई मोडेर अर्कैतिर लैजाने भनिएपछि गण्डकी प्रदेश सरकारसँगै तनहुँ, पाल्पा, स्याङ्जा र नवलपुरका जनताले डाइभर्सनको विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ७८८ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन

गोलाघाट क्षेत्रमा सेनाको खोज तथा उद्धार जारी, ७० शव फेला

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu