ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१४ जनाको ज्यान जाने गरी भएको कपिलवस्तु घटनाका पीडित भन्छन् – न्याय खोज्न कहाँ जाने ?


एबीसी न्यूज
३१ भदौ २०७६, मंगलबार   १ : २५   बजे

 

काठमाडौं, ३१ भदौ । नेपालको इतिहासमै कलङ्कका रुपमा रहेको कपिलवस्तु घटनाको १२ वर्ष बितेको छ । विसं २०६४ भदौ ३० गते कपिलवस्तुको कुदरबेटवाका तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीका स्थानीय नेता अब्दुल मोइद खाँको अज्ञात समूहले हत्या गरेपछि भड्केको हिंसाका कारण १४ सर्वसाधारणको ज्यान गएको थियो । सर्वसाधारणले ज्यान मात्र गुमाएनन्, रु ५० करोड बराबरको धनमाल लुटपाट तथा आगजनी भएको थियो ।

हत्यापछि भड्किएको हिंसाका कारण चन्द्रौटा, कृष्णनगर, गणेशपुर, बिसनपुर, चनईलगायतका स्थानमा हत्या, बलात्कार, आगजनी हुँदा ठूलो धनजनको क्षति भएको थियो । करीब १६० सवारी साधनमा आगजनी भएको थियो भने १० हजारभन्दा बढी नागरिक विस्थापित भएका थिए । घटनापछिका हरेक वर्ष भदौ ३० गतेलाई स्थानीयवासीले कहिले कालो दिन त कहिले स्मरण दिनका रुपमा मनाउने गर्दछन् । यसपालि सोही दिनको स्मरण गरिएको छ ।

उक्त घटनाको स्मरण गर्दै सोमबार आयोजित कार्यक्रममा कपिलवस्तु सङ्घर्ष समितिका अध्यक्ष महादेव पोखरेलले भन्नुभयो, “सर्वोच्च अदालतमा दर्जानौँपटक पेसी सरिसकेको छ, हामी न्याय खोज्न कहाँ जाऔँ अब रु” उहाँले अहिलेको सरकारले पीडितलाई न्याय र राहत दिने आशा व्यक्त गर्नुभयो । सहभागीहरुले विसं २०६४ भदौ ३० गतेजस्तो त्रासदी फेरि कहिल्लै भोग्न नपरोस् भन्ने कामना गरे । कहालीलाग्दो सो घटनाको १२ वर्ष बितिसक्दा पनि पीडितले अझैसम्म पनि राज्यबाट न्याय नपाएको गुनासो गर्दै उचित क्षतिपूर्ति दिनुपर्ने राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका जिल्ला अध्यक्ष विष्णुप्रसाद खतिवडाले बताउनुभयो ।

बाह्र वर्ष बितिसक्दा पनि आफ्ना माग सुनुवाइ नभएपछि पीडितहरुले मल्लिक आयोगको छानविन प्रतिवेदनअनुसार क्षतिपूर्तिको माग गर्दै सर्वोच्च अदालतको ढोका ढक्ढक्याएका छन् । सर्वोच्च अदालतमा आठ वर्षअगाडि रिट दायर गरेको भए पनि रिटको अझैसम्म सुनुवाइ भएको छैन । घटनाको छानविन गर्न तत्कालीन सरकारले पुनरावेदन अदालत राजविराजका तत्कालीन न्यायाधीश लोकेन्द्र मल्लिकको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।

छानविन समितिले तीन महीना लगाएर प्रतिवेदन तयार पारेको थियो । छानविनका क्रममा राज्यकोषबाट करीब रु डेढ करोड खर्च भएको थियो । तर, सो प्रतिवेदन अझै सार्वजनिक हुनसकेको छैन । हिंसात्मक घटना भएको १२ वर्ष बिते पनि चन्द्रौटामा बसाइँसराइ गर्नेको चाप बढेको छ । उक्त हिंसात्मक घटनापछि स्थानीय प्रशासनले पछिल्लो समय चन्द्रौटालाई विशेष सुरक्षा संयन्त्रमा राखेर कार्य थालेसँगै बसाइँसराइ गरेर आउने बढेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group