ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘जननिर्वाचित संस्थामाथि जे पायो त्यही बोल्न छुट छैन’– सांसद स्नेही


एबीसी न्यूज
३१ भदौ २०७६, मंगलबार   ४ : ४३   बजे

काठमाडौं, ३१ भदौ । राष्ट्रियसभाको आज बैठकमा सांसद चक्रप्रसाद स्नेहीले प्रमुख राजनीतिक दलका शीर्ष नेता र जननिर्वाचित संस्थामाथि गालीगलोज गर्ने ज्ञानेन्द्रबहादुर शाहीमाथि कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आजको बैठकको शून्य समयमा उहाँले भन्नुभयो,“लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्नेलाई कारवाही हुनुपर्छ । शीर्ष नेता र जननिर्वाचित संस्थामाथि जे पायो त्यही बोल्न कसैलाई छुट छैन ।” सांसद खिमकुमार विश्वकर्माले सर्वोच्च अदालतबाट एनसेलको लाभकर सम्बन्धी फैसलामाथि सरकारले पुनर्विचार गर्न आवश्यक रहेकामा जोड दिँदै यससम्बन्धमा सरकारको धारणा सार्वजानिक गर्न माग गर्नुभयो ।

सांसद कविता बोगटीले हुम्ला जिल्लामा नेपाल वायुसेवा निगमको हवाई उडान नियमित गर्न माग गर्दै चाडबाड आउन लागेको समयमा समयमा दुर्गम क्षेत्रमा थप हवाई उडानको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद उदया शर्मा पौडेलले भृकुटीमण्डप अगाडि सार्वजानिक साधनले यात्रु ओराल्ने र चढ्ने व्यवस्था किन बन्द गरियो भन्ने प्रश्न गर्दै यात्रुको समस्यालाई ध्यानमा राखी ती स्थानमा तुरुन्त यात्रु चढ्न पाउने व्यवस्था मिलाउन माग गर्नुभयो ।

सांसद अनिता देवकोटाले शान्तिसुरक्षा कायम गर्न सरकारलाई संवेदनशील बन्न आग्रह गर्दै चाडवाड आउन लागेको सयमा थप शान्ति सुरक्षाको प्रबन्ध मिलाउन ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group