ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डेङ्गु सङ्क्रमितको सङख्या दुई हजार नाघ्यो


एबीसी न्यूज
३१ भदौ २०७६, मंगलबार   ६ : २९   बजे

काठमाडौं, ३१ भदौ । जिल्लाका अस्पतालहरुमा साउन महिनायता उपचार गर्न आएका दुई हजार ४६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । छ हजार ६३९ जनाको नमूना परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार दैनिक सङ्ख्या सङ्क्रमित बढ्दै गएको छ । सरकारी र निजी अस्पतालहरु ज्वरोका बिरामीले भरिएका छन् । डेङ्गुको सङ्क्रमण बढेसँगै जनचेतनाका कार्यक्रमहरु निरन्तर रुपमा भइरहेको उहाँले जनाकारी दिनुभयो ।

स्वास्थ्यसचिव डा पुष्पा चौधरी सोमबार यहाँ आई सरोकारवालाहरुसँग अन्तरक्रिया गरेर मातहतका निकायमा आवश्यक निर्देशन दिनुभएको तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार सचिव चौधरीले सबै निकायको संयुक्त प्रयास बिना रोग निधान नहुने भएकाले समन्वय गरी काम गर्न उहाँले निर्देशन दिनुभएको छ ।

लार्भा खोज र नष्ट गर अभियान नै उपयुक्त विकल्प भएकाले सोहीअनुसार अघि बढ्न सचिव चौधरीले सबैसँग आग्रह गर्नुभएको छ ।

डेङ्गुका बिरामी थपिँदै जाँदा परीक्षण गर्न कीट अभाव हुने गरेको छ । जसका लागि सहयोग पु¥याउन उद्योग वाणिज्य सङ्घ चितवनले आज भरतपुर अस्पताललाई ५०० वटा कीट उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको उपस्थितिमा सङ्घका अध्यक्ष सहनलाल प्रधानले भरतपुर अस्पतालका निमित्त प्रमुख डा प्रकाश खतिवडालाई कीट हस्तान्तरण गर्नु भएको हो ।

यसअघि भरतपुर महानगरपालिकाले एक हजार वटा र रोटरी क्लबको अगुवाइमा ५०० वटा कीट अस्पताललाई उपलब्ध गराइएको थियो । भरतपुर अस्पतालमा दैनिक ४०० भन्दा बढी ज्वरोका बिरामी आउने गर्दछन् । यसमध्ये १५० हाराहारीको डेङ्गु परीक्षण गरिने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा निशुल्क रुपमा डेङगु परीक्षण हुन्छ भने निजीमा महङ्गो शुल्क तिर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group