ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा लगानीको वातावरण छ, पर्याप्त मुनाफा हुन्छ– परराष्ट्रमन्त्री ज्ञवाली


एबीसी न्यूज
३१ भदौ २०७६, मंगलबार   ६ : ४२   बजे

 

काठमाडौं, ३१ भदौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा अहिले वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको बताउनुभएको छ ।
पूर्व सांसद मञ्चद्वारा आज यहाँ आयोजित ‘विश्व अवस्था र भविष्यको नेपाल’ विषयक कार्यशालामा उहाँले लगानीमैत्री कानून, उपयुक्त भू–बनावट र सहजरूपमा श्रमिक उपलब्धताले नेपालमा लगानी गर्न सुवर्ण अवसर प्रदान गरेको उल्लेख गर्नुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, “विश्वको दोस्रो र छैटौँ ठूलो अर्थतन्त्र भएका चीन र भारत छिमेकमा रहेको हुँदा लगानीकर्ताका लागि बजारको कुनै समस्या छैन, नेपालमा लगानी गरेर पर्याप्त मुनाफा आर्जन गर्नसक्ने वातावरणसमेत सिर्जना भएको छ, शान्ति र समृद्ध नेपाल छिमेकी देशका लागि पनि हितमा छ ।”लगानी बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालमा वैदेशिक लगानीका क्षेत्र र लगानीको अवस्थाबारेमा जानकारी दिनुभयो ।

नेपालका लागि जापानका राजदूत मासामिची साइगोले नेपाल–जापानबीचको घनिष्ठ सम्बन्ध आगामी दिनमा थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । नेपालस्थित अमेरिकी दूतावासका राजनीतिक विभाग प्रमुख क्लिन्टोन टाड ब्राउनले नेपालले अङ्गिकार गरेको लोकतान्त्रिक प्रणालीको सुदृढीकरण, मानवीय सहायता र विपद् व्यवस्थानका क्षेत्रमा अमेरिकाले सहयोग गर्दै आएको बताउनुभयो ।

मञ्चका कार्यवाहक अध्यक्ष झलकनाथ वाग्लेले विश्व अवस्था र भविष्यको नेपालबारे प्रसिद्ध विज्ञका विचार, दृष्टिकोण र अनुभव आदानप्रदान होस् भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

मञ्चका संस्थापक महासचिव होमराज दाहालले हाम्रो हेलचेक्र्याइँ र अव्यवस्थाका कारण वातावरणमा भएको क्षयीकरणले पृथ्वीका वन्यजन्तु र वनस्पती खतरामा पर्दै गएको अवस्थामा वातावरणलाई कसरी जोगाउने भन्ने विषय सबैका लागि साझा चुनौती भएको बताउनुभयो ।“जलवायु परिवर्तनबाट उत्पन्न हुने चुनौतीको सामना गर्न क्षेत्रीय र विश्वव्यापी सम्बन्ध स्थापनाका लागि आपसी सहयोग, समझदारी, शान्ति र अहिंसालगायतका आवश्यक संयन्त्रमार्फत भाबी पुस्ताका लागि हामीले स्वच्छ वातावरणसहितको पृथ्वी हस्तान्तरण गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो ।

मञ्चका उपाध्यक्ष गोविन्दबहादुर शाहले नयाँ संविधान जारी भएसँगै मुलुकमा राजनीतिक स्थायित्व कायम भई नेपाल सङ्घीय गणतान्त्रिक व्यवस्थामा प्रवेश गरेको हुँदा अब सबैको साझा कार्यसूची समृद्ध नेपाल हुनुपर्छ भन्नुभयो । सो अवसरमा सहभागी अन्य वक्ताले विकास र समृद्धिका लागि राज्यको क्षमता अभिवृद्धि र एकतासहित प्रणालीगत विकासमा आइपर्ने सबैखाले समस्या समाधानका लागि सबै क्षेत्रले मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो ।

कार्यक्रममा भारत, जापान, भारत र अमेरिकाका विज्ञले प्रस्ततु गर्नुभएको कार्यपत्रबाट नेपाली जनता र मुलुकको उज्ज्वल भविष्य निर्माणका लागि सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो । कार्यक्रममा नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदार संस्थाका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । सङ्घीय संसद्को सल्लाहकार संयन्त्रका रूपमा आजभन्दा १९ वर्षअघि मञ्चको स्थापना भएको हो । सङ्घीय संसद्लाई कानून निर्माणलगायतका विषयमा राय, सुझाव र परामर्श प्रदान गर्ने औपचारिक संयन्त्रका रूपमा मञ्चले काम गर्दै आएको छ । मञ्चको आजीवन सदस्यका रूपमा ५०० पूर्व सांसद हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group