ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गणतन्त्र विरुद्ध बोल्नेलाई जेल हाल्ने प्रधानमन्त्री ओलीले चेतावनी


एबीसी न्यूज
१ आश्विन २०७६, बुधबार   ७ : ०१   बजे

काठमाडौं, १ असोज । कठोर राजतन्त्र र पञ्यायतको विरोध गर्दा त्यो बेलाको शासन सत्ताले विरोध गर्नेलाइ जेल हाल्थ्यो । त्यस्तै अब गणतन्त्रको पनि विरोध गर्नेलाइ सरकारले नियन्त्रणमा लिने प्रधानमन्त्री केपी शर्मा ओलीले खुल्ला कार्यक्रमबाटै चेतावनी दिएका छन् ।बुधबार सिंहदरबारस्थित पुतली बगैँचामा संघीय संसदको नयाँ भवनको शिलान्यास कार्य्रकममा बोल्दै प्रधानमन्त्री ओलीले राजनीतिक आन्दोलन सकिएकाले गणतन्त्रको विरोधमा बोल्न नहुने बताए । ‘केहीले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध आवाज उठाउन कोसिस गरिरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘गणतन्त्रमाथि धावा बोल्न थालियो भने सरकार चुप लागेर बस्दैन, एक्सनमा जान्छ ।’

‘जबसम्म डमरूमाथि खतरा हुन्‍न भन्ने लाग्छ तबसम्म बघिनी चुप बस्छ’, उनले भने, ‘त्यस्तै लोकतन्त्र र गणतन्त्रमाथि खतरा आयो भने सरकार चुप लागेर बस्दैन। त्यसका लागि तीव्र विकासलाई अगाडि बढाउँछौं ।’ उनले गणतन्त्रमाथि जोखिम भएमा सरकारले नियन्त्रणकारी भूमिका खेल्ने पनि बताए ।

‘यदि त्यस्तो भयो भने हामीले नियन्त्रणकारी भूमिका पनि खेल्नुपर्ने हुनसक्छ’, उनले थपे, ‘अब देशमा हिंसाको कुनै ठाउँ नै छैन। यो बिलकुल वितण्डाको बाटो मात्रै हो।’ देशले सबै राजनीतिक उपलब्धि गरिसकेकाले अब हिंसाको कुनै अर्थ नभएको उनले बताए।

‘हिंसामा गएर के प्राप्ति गर्ने हो र संघीयता, आवधिक निर्वाचन, लोकतन्त्र, गणतन्त्र सबै प्राप्त भइसकेका छन्’, ओलीले भने, ‘हिंसा लुटपाट र जनतालाई दुस्ख दिने काम सह्‍य हुँदैन।’ उनले अब हत्या हिंसा छाडेर देश विकासमा अघि बढ्नुपर्ने उनले बताए।

‘कतिपयलाई चमडीको मायाले प्रतिबन्ध लगाउँदा किन यो गरेको भन्छन्, तर त्यो मानिँदैन’, उनले भने, ‘अब देश विकास र सुशासनको बाटोमा जान जरुरी छ। म यसका लागि सबैलाई आह्वान गर्छु। हिंसा र वितण्डा गर्छौ भन्‍ने हो भने सरकारले नियन्त्रण गर्नुपर्ने हुन्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group