ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुस्तक आयात बन्द : कर फिर्ता लिन माग


एबीसी न्यूज
१ आश्विन २०७६, बुधबार   ८ : ०६   बजे

काठमाडौं, १ असोज । विदेशी पुस्तक आयातकर्ताहरुले पुस्तक आयातमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याटप्रति आपत्ति जनाउँदै कर फिर्ता लिन पुनः अर्थमन्त्रालयसित माग गरेका छन् ।

मन्त्रालयले साउन १ गतेदेखि आयातीत पुस्तकमा मूल्य अभिवृद्धि कर लगाउने निर्णयलाई कार्यान्वयनमा ल्याएको थियो । आयातीत पुस्तकको बिक्री मूल्यमा १० प्रतिशत कर तिनुपर्ने व्यवस्था भएपछि साउनदेखि विदेशी पुस्तक आयात बन्दसमेत गरिएको आयातकर्ताले आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिनुभयो । विद्यालय, विश्वविद्यालय तहका कतिपय अनिवार्य तथा ऐच्छिक विषयका पाठ्यपुस्तक तथा अनुसन्धानमा अति आवश्यक पुस्तक आयात बन्द हुँदा विद्यार्थी तथा अनुसन्धानकर्तालाई समस्या परिरहेको बताइएको छ ।

नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक सङ्घद्वारा आयोजित कार्यक्रममा पूर्वमन्त्री एवं नेकपाका नेता रघुजी पन्तले ज्ञान लिने वस्तुमा कर लिने परम्परा बसाल्नु राम्रो नभएको चर्चा गर्दै सरकारले आफ्नो निर्णय फिर्ता लिनुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “सरकारको आँखा पुस्तकको आयातबाट आर्जन हुने आठ/दश करोडमा प¥यो । तर अदालतले उठाउन भनेको अर्बौं रुपैयाँप्रति गएन । कर उठाउँदा त्यसले पार्ने असरका बारेमा अर्थ मन्त्रालयले बुझ्न सकेन ।”

सङ्घका अनुसार गत वर्ष करीब एक अर्ब रुपैयाँ बराबरका पुस्तक आयात गरिएका थिए । आयातीत पुस्तकमा कर लगाएपछि पुस्तकको मूल्य पनि धेरै वृद्धि हुने सङ्घले जनाएको छ । अर्थशास्त्री डा चन्द्रमणि अधिकारीले पुस्तकमा भ्याट लिनु व्यावहारिक नहुने उल्लेख गर्दै ज्ञानमा कर लगाएपछि समृद्ध नेपालको योजना सफल हुन नसक्ने बताउनुभयो ।

नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका सहसंयोजक प्रा डा रमेशप्रसाद भट्टराईले विद्यावारिधिको सोधमा प्रयोग हुने सन्दर्भ सामग्री अहिले पनि विदेशी पुस्तकमा भर पर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै निर्णय फिर्ता लिन माग गर्नुभयो ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बाँनियाले पुस्तक आयातमा कर उठाउनुभन्दा अन्य क्षेत्रमा करको दायरा खोजी गर्न सुझाव दिनुभयो । सङ्घका अध्यक्ष लिखतप्रसाद पाण्डेले आयातीत पुस्तकको बिक्री मूल्यमा १० प्रतिशत कर तिनुपर्ने व्यवस्था भएपछि साउनदेखि विदेशबाट पुस्तक आयात बन्द गरिएको जानकारी दिँदै भन्सार महसुल खारेज गर्नुपर्ने माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसीको बाढीले छुटायो परिवार, उद्धवलाई सधैँका लागि खोस्यो

रसुवा भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ७८८ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu