काठमाडौं, ४ असोज । अति अशक्त तथा पुर्ण रुपमा अशक्त बालबालिकाका संरक्षकहरूको हक हित तथा पहिचानका लागि २०७५ सालमा यो संस्था दर्ता भएको हो ।
यो संस्थामा संरक्षकको २२ वटा समुह बाट दुई दुई जना प्रतिनिधि छनौट गरी पाँच वटा समन्वय समिति हुदै समन्वय समिति बाट पनि दुई दुई जना छनौट गरी एघार जनाको तदर्थ कार्यसमिति गठन भएको थियो।
सोही तदर्थ समितिलाई वैधानिक बनाउन आज संरक्षकहरूको चुनाब पछि एघार जनाको कार्य समिति गठन भएको छ।
उक्त कार्य समितिमा अध्यक्ष शक्ति थापा, उपाध्यक्षमा गोमादेवी अधिकारी , सचिवमा सुशिला मल्ल ,कोषाध्यक्षमा प्रदीप कुमार श्रेष्ठ तथा सदस्यहरुमा ज्योति खतिवडा , राजेन्द्र मर्हजन , लक्ष्मी बस्नेत , निर्मला रावल, सूर्यलक्ष्मी रंजित शान्ता बराल तथा देउमाया कोईराला निर्विरोध निर्वाचित हुनुभएको छ ।
मस्तिष्क पक्षघात स्वावलम्वन समुह नेपाल तथा वल्डवाईड यूकेले संयूक्तरुपमा संचालन गरेको संरक्षकका लागि संरक्षण कार्यक्रमको पहलमा उक्त कार्य सम्पन्न भएको संरक्षकका लागि संरक्षण कार्यक्रमकी संयोजक लुनि शाक्यले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्