काठमाडौं, ४ असोज । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सांसदलाई जनताका घरघरमा जान निर्देशन दिनु भएको छ ।
प्रतिनिधिसभाको वर्षे अधिवेशन सकिएकाले अब जनताका घरघरमा गएर उनिहरुको समस्या बुझ्न सरकारले गरिरहेका कामको जानकारी गराउन निर्देशन दिनु भएको हो । अधिवशेन सकिएपछि बसेको पार्टीको संसदीय दलको बैठकमा दलका नेता समेत रहनु भएका प्रधानमन्त्री ओलीले सरकारले गरेका र गरिरहेका कामको बारेमा जानकारी गराउन निर्देशन दिनुभयो । उहाले संविधान दिवसका दिन टुडिखेलमा आयोजित कार्यक्रमबाट सरकारले गरिरहेका कामका विषयमा जानकारी गराउनु भएको थियो । सोही काम र अबका लक्ष्यका विषयमा स्पष्ट रुपमा धारणा राख्न निर्देशन दिनुभयो ।
दशैंतिहारमा जिल्ला जाँदा जनतालाई सरकारको कामबारे जानकारी गराउने समेत गराउनु पर्ने बताउनुभयो । सरकारले संविधान कार्यान्वयनका लागि नभई नहुने कानूनहरु बनाउनुका साथै विकास निर्माणका कामहरु गरिरहेको तर केही मानिसले भ्रम बताउनुभयो ।
उहाले परिर्वतनका लागि भूमिका नै नखेलेकोहरुले अहिले सामाजिक सञ्जालमा नियोजित प्रचार गरिरहेको भन्दै जनतालाई बुझाउनुपर्नेमा जोड समेत दिनुभयो । यसैवीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले महानगर कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ । नेकपाको शनिबार भएको सचिवालय बैठकले ६ वटै महानगरको अध्यक्ष र सचिव तोकेको हो । मुलुकमा काठमाडौं, ललितपुर, भरतपुर, पोखरा, वीरगंज र विराटनगर गरी ६ महानगर छन् । यी ६ वटै महानगरमा नेकपाले नेतृत्व पाएको छ ।
प्रतिक्रिया दिनुहोस्