सिरहा, ५ असोज । सिरहाको लहान नगरपालिका वडा नम्बर २३ गढिया स्थित लागुऔषध सहित एक युवक पक्राउ परेको छन् ।
ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटीएको विशेष टोलीले ठाडि बाट लहान तर्फ आउदै गरेको स.९ प. ४२८ न. को मोटरसाईकलाई चेकजाँच गर्दा ऐ.१ बस्ने बर्ष १९ को मोटरसाईकल चालक रामअवतार साहको साथ बाट डाईजोपाम ३३ एम्पुल, फेनार्गान ३३ एम्पुल र नोर्फिन ३३ एम्पुल लागुऔषध सहित पक्राउ परेको हुन् ।
निजलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय लहान सिरहामा ल्याई आवश्यक अनुसन्धान कार्य भई रहेको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी भेषराज रिजालले जानकारी दिनुभयो । पक्राउ परेका साहलाई लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिनुभयो ।
ईलाका प्रहरी कार्यालय लहानले शान्ति र सुरक्षित बनाउन थ्रीएस अप्रेशन संचालन गरिरहेको छ ।जसअन्र्तगत विभिन्न अपराधिक कार्य गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिन सफल हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्