ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युत् ऐनले निजी क्षेत्रलाई समेट्छ– मन्त्री पुन


एबीसी न्यूज
५ आश्विन २०७६, आइतबार   ८ : ४५   बजे

काठमाडौं, ५ असोज । सरकारले प्रस्तावित विद्युत् विधेयकको विषयमा खुला र स्पष्ट रुपमा छलफल गरी समृद्ध पार्न सम्बद्ध सरोकार भएकालाई आग्रह गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले छलफलका लागि प्रस्तावित गरेको उक्त विधेयकले निजी क्षेत्रलाई हतोत्साहित नगरेको बरु, थप अभिप्रेरित गर्ने लक्ष्य राखेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्रस्तावित विधेयक छलफलका लागि आएकाले कोही आत्तिइहाल्नुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले लगानीमैत्री वातावरण बनाउन हरसम्भव प्रयास गरेको छ । नेपालको ऊर्जा क्षेत्रमा विगत ३० वर्षदेखि भएको प्रयोग र अभ्यासका आधारमा प्राप्त भएका अनुभवलाई केन्द्रमा राखेर छलफलका लागि मस्यौदा ल्याइएको हो । यही नै अन्तिम हो, अब सबै सकिइहाल्यो भनेर गुनासो गर्नुपर्ने अवस्था छैन ।”

सङ्घ, प्रदेश र स्थानीय सरकारलाई समेत जिम्मेवार बनाउने र ऊर्जा क्षेत्रको विकासका लागि योजनाबद्ध प्रयास थालिएको मन्त्री पुुनको भनाइ थियो । प्रस्तावित विद्युत् विधेयकको सम्बन्धमा निजी ऊर्जा उद्यमीले आफूहरु मैत्री नभएको भन्दै आक्रोश व्यक्त गरिरहेको बेला मन्त्री पुनले छलफलका आधारमा त्यसलाई समृद्ध बनाउन सकिने उल्लेख गर्नुभयो ।

नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको सकारात्मक प्रभाव रहेको र योगदान पनि अतुलनीय रहेकाले सरकारले नजरअन्दाज गर्छ भन्ने सोचसमेत नराख्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको ऊर्जा क्षेत्रलाई अगाडि बढाउन सरकार र निजी क्षेत्र सँगसँगै रहेको छ । हामी सबै मिलेर नै अगाडि बढ्ने हो । कुनै द्विविधा राख्नुपर्छ भन्ने मलाई लाग्दैन ।”

सरकार एक्लैले मात्रै ऊर्जा तथा जलविद्युत् क्षेत्रमा सबै काम गर्न नसक्ने भएकाले निजी क्षेत्रलाई साथमा लिएर जाने प्रयास गरिएको र विधेयकसमेत सोही दिशामा लक्षित रहेकाले केही कमीकमजोरी भए बहस, छलफलका आधारमा थप समृद्ध बनाउन सकिन्छ भन्ने सोचमा मन्त्रालय रहेको मन्त्री पुनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group