ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यक्ति र समाज रुपान्तरणको माध्यम योग


एबीसी न्यूज
६ आश्विन २०७६, सोमबार   १२ : ५०   बजे

काठमाडौं, ६ असोज  । प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले व्यक्ति र समाज रुपान्तरणको महत्वपूर्ण माध्यमका रुपमा योगलाई जनस्तरसम्म विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।
पतञ्जलि योग समिति सुन्दरीजल योग शिविरको एघारौँ वार्षिकोत्सवका अवसरमा गोकर्णेश्वर नगरपालिका–१ स्थित ओख्रेनी माविमा आज आयोजित कार्यक्रममा उहाँले आर्थिक समृद्धिका लागि स्थानीय उत्पादन एवं जडीबुटीको उपयोग र विकासमा स्थानीय सरकारको सहयोगमा प्रदेश सरकारले कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । वडा नं २ का अध्यक्ष कृष्णबहादुर पण्डितले नगरपालिकाको नौ वटै वडामा योग र विभिन्न सामाजिक एवं आध्यात्मिक कार्य गर्न मिल्ने गरी सामुदायिक हल निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो । युवा पतञ्जलि योग समिति नेपालका प्रमुख ललितशङ्कर योगीले प्रत्येक व्यक्तिसम्म योग पु¥याउने समितिको अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो ।
प्रा डा ऋषिराम पोखरेलले पूर्वीय निधिका रुपमा रहेको योगको महत्वलाई पछिल्लो समय पश्चिमा मुलुकले समेत आत्मसात् गर्नु योग भूमि नेपालका लागि गर्वको विषय भएको बताउनुभयो । योग समिति प्रदेश नं ३ का सल्लाहकार अच्युत अर्यालले योगको ज्ञान र अभ्यासका साथै आचरण महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । समितिका काठमाडौंँ अध्यक्ष सुरेन्द्र रिमालले काठमाडौँमा मात्र पतञ्जलिका १६० भन्दा बढी शिविर दैनिक सञ्चालनमा रहेका बताउनुभयो । कतिपय स्थानमा भौतिक पूर्वाधारको अभावका कारण शिविर नियमित हुन नसकेकाले पूर्वाधार निर्माणमा प्रदेश र स्थानीय सरकारले सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो । त्यस अवसरमा एभोगार्ड, अमलालगायतका जडीबुटी रोपण गर्नाका साथै सुन्दरीजल शिविरका साधक शङ्करमान तामाङ, सुनमाया श्रेष्ठ, सुलोचना श्रेष्ठ, सरस्वती श्रेष्ठ र विजयालक्ष्मी श्रेष्ठ लगायतलाई सम्मानसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसीको बाढीले छुटायो परिवार, उद्धवलाई सधैँका लागि खोस्यो

रसुवा भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ७८८ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu