ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीनै तहबीच समन्वय आवश्यक– मन्त्री पण्डित


एबीसी न्यूज
७ आश्विन २०७६, मंगलबार   ५ : ४०   बजे

काठमाडौं, ७ असोज । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले परिवर्तित संरचनाअनुरुप तीनवटै तहबीच समन्वय हुनुपर्नेमा जोड दिनुभएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानद्वारा आज पोखरामा आयोजित ‘अन्तर तह  समन्वय तथा स्थानीय तहको क्षमता विकास’ विषयक अन्तरक्रिमा उहाँले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै जन अपेक्षाअनुरुप अघि बढ्नुपर्ने बताउनुभयो ।

जनप्रतिनिधि र कर्मचारीले जनताका अपेक्षालाई बुझेर काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले जनताले प्रत्येक गतिविधिलाई सूक्ष्मरुपमा नियालिरहेको उल्लेख गर्नुभयो । समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सफल बनाउन जनप्रतिनिधि र राष्ट्रसेवकको काँधमा महत्वपूर्ण भूमिका रहेको बताउँदै मन्त्री पण्डितले सामान्य त्रुटि पनि जनताले हेरिरहेको हुँदा त्यसतर्पm सजग भई काम गर्नुपर्ने आँैल्याउनुभयो ।

जनप्रतिनिधि नै ठेक्कापट्टामा सहभागी बन्दा त्यसले नकारात्मक सन्देश प्रवाह भइरहेको बताउँदै उहाँले त्यस्ता गतिविधिमा संलग्न नभई जनचाहनाअनुरुप गुणस्तरीय सेवा कसरी प्रदान गर्न सकिन्छ भन्नेतर्पm लाग्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रसेवकले राज्यले खटाएको ठाउँमा गएर काम गर्नुपर्ने बताउँदै मन्त्री पण्डितले विभिन्न समस्या देखाएर सुगम ठाउँमा बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । गण्डकी प्रदेशअन्तर्गत जन प्रतिनिधि र कार्यकारी अधिकृत सहभागी दुईदिने कार्यक्रममा अन्तर तह समन्वय एवं स्थानीय तहको क्षमता अभिवृद्धिलगायतका विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group