ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्मचारीको पासवर्डबाट चोरियो कृषि विकास बैंकको रकम


एबीसी न्यूज
८ आश्विन २०७६, बुधबार   १२ : ०१   बजे

काठमाडौं, ८ असोज । कृषि विकास बैंकको डेढ करोड भन्दा बढी रकम व्यक्तिको खातामा राख्दा बैंककै उच्च अधिकारीको पासवर्ड प्रयोग भएको रहस्य खुलेको छ।

प्रहरीको स्रोत अनुसार सिरहाको लहानस्थित शाखाका कर्मचारीले प्रयोग गर्ने पासवर्डमार्फत सात जना ग्राहकको खातामा पैसा जम्मा भएको हो।

बैंकमा रकम जम्मा गर्दा पासवर्ड प्रयोग गरिन्छ। त्यस्तो पासवर्ड धेरै कर्मचारीले प्रयोग गरिरहेका हुन्छन्। ‘बैंकमा पैसा नआउँदा पनि ती व्यक्तिहरूको खातामा पैसा जम्मा भयो। यसरी पासवर्डको दुरूपयोग गर्ने बैंककै कर्मचारी हुन् कि होइनन् भन्ने अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

उक्त पासवर्डबाट असोज ५ गते १ करोड ४९ लाख रुपैयाँ अर्को खातामा सारिएको थियो। उक्त समूहले त्यसपछि देशका विभिन्न ठाउँबाट जम्मा गरिएको रकम निकालेको थियो। बैंकका प्रवक्ता हिमलाल पौडेलले यो प्रकरणमा बैंकको सिस्टम ह्याक नभएको बताउनुभएको छ । उक्त समूहले पैसा जम्मा गरेका सात वटै खाता अहिले बन्द गरिएको उहाँले बताउनुभयो । यसैबीच बैंकको डेढ करोड रुपैयाँ ह्याक गरी अर्को खातामा सार्ने एघार जनालाई प्रहरीले पक्राउ गरेको छ।

घटना अनुसन्धानमा जुटेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंका विभिन्न स्थानबाट एघार जनालाई पक्राउ गरेको हो।

ह्याकरले के कति रकम झिकेको भन्नेमा प्रहरी निष्कर्षमा पुगिसकेको छैन। ‘के कति पैसा सारेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ, नेपाल प्रहरीको साइबर सुरक्षा टोली र बैंकको विज्ञ टोलीले यसबारे अनुसन्धान गरिरहेको छ। अपराध महाशाखाले आज २ बजे पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group