ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्घटना न्यूनीकरण गर्न सडकमा ‘डमी ट्राफिक’


एबीसी न्यूज
८ आश्विन २०७६, बुधबार   ७ : ३१   बजे

काठमाडौं, ८ असोज । झापाको काँकडभिट्टादेखि गौरीगञ्जसम्मको सडकखण्डमा ट्राफिक प्रहरीको नमूना आकृतिको बोर्ड बनाएर ‘डमी ट्राफिक’ का रुपमा राखिएको छ ।

सडकमा हुने सवारी दुर्घटना कम गराउने उद्देश्यले जिल्लाका १९ स्थानमा सन्देशसहित डमी ट्राफिकको बोर्ड राखिएको जिल्ला ट्राफिक प्रहरी झापाका प्रमुख होमप्रसाद अधिकारीले बताउनुभयो । उहाँले ट्राफिककै आकृतिमा बोर्ड राखिँदा सवारी चलाउने बेला लापरवाही गर्नु हुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव चालकमा पर्ने र जनताले पनि ट्राफिकले दिनरात सेवा दिइरहेको अनुभूति गरेको पाइएको बताउनुभयो ।

दुई हप्ताअघिबाट शुरु भएको सेवाले विशेष गरेर बोर्डले रातको समयमा हुने दुर्घटना न्यूनीकरणमा प्रभावकारी भूमिका खेलेको प्रमुख अधिकारीको भनाइ छ । उहाँले भन्नुभयो, “रातमा टल्किने र छर्लङ्गै ट्राफिक जस्तै देखिने बोर्ड राखिएपछि कुनै पनि दुर्घटना भएका छैनन् ।”
सडकमा डमी ट्राफिकका रुपमा बोर्ड राखेपछि मादक पदार्थ सेवनकर्ता, तीव्र सवारी कुदाउने चालक, कागजपत्र नबोकी हिँड्ने सवारी धनीका चालक सतर्क हुने गरेको उहाँले बताउनुभयो । सवारीको चाप बढी हुने ठाउँमा डमी राख्दा दुर्घटना न्यूनीकरण भएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group