ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डकैती गर्दागर्दै जनकपुरमा समातिए ४ भारतीय डाँका


एबीसी न्यूज
९ आश्विन २०७६, बिहिबार   ९ : ५९   बजे

जनकपुर, ९ असोज  । जनकपुरमा डकैती गर्दागर्दै ४ जना डाँकु पक्राउ परेका छन् । विहीवार बिहान करिब साढ़े तीन बजे जनकपुरधाम उपमहानगरपालिकाको छेउमा रहेको जानकी फर्निसिङमा डकैती गर्दागर्दै गस्तिमा रहेको प्रहरीको टोलिले उनिहरुलाई पक्राउ गरेको हो । प्रहरी टोलीले फर्निसिङ पसल ताला फोडिरहेको अवस्थामा भेट्टाएको थियो।

प्रहरीको गोली खुट्टामा लागेर एकजना डाका घाइते भएका छन् । ती डाकाको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ मा उपमहानगरपालिकाकै गेट अगाडी दिपक बजाज र अमित अग्रवालले सञ्चालन गरिरहेको जानकी फर्निसिंगमा डकैती गरिरहेका चारजना डाका भाग्न खोजेपछि प्रहरीले ३ राउण्ड गोली चलाएको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा रौतहटको गौर घर भई जनकपुरधाम–४ मा डेरागरी बस्ने ५५ वर्षीय विनोद सिंह,रौतहटकै वृन्दावन नगरपालिका–१ रमौलीका ३५ वर्षीय गगन पटेल, भारत बिहारस्थित सीतामढी जिल्ला वैरगनीया–७ का ३९ वर्षीय ओजिर अन्सारी र सीतामढी जिल्लाकै रिगा थाना पिप्राढी ग्रामपञ्चायत घर भइ जनकपुरधाम–४ मा डेरागरी बस्ने ४० वर्षीय मोहम्मद ईलयास राइन रहेको उहाँले बताउनुभयो ।

प्रहरी नायव निरीक्षक संतोष झाको कमाण्डमा गस्तीमा रहेको प्रहरी टोलीले डाकाहरुले सो पसलको ताला फोडिरहेको देख्दा उनीहरुलाई पक्राउ गर्न खोजेको थियो । प्रहरीले सुरुमा हवाई फायर गरेर एक जना चोरलाई पक्राउ गरेपनि अरु तीन जना कटुवा पेस्तोल देखाएर भाग्न खोजेपछि प्रहरीले चार राउण्ड गोली चलाएको प्रहरी उपरिक्षक खनालले बताउनुभयो ।

प्रहरीको गोली लागि घाईते हुनेमा रौतहट गौरका विनोद प्रसाद सिंह छन् । उनको दुबै खुट्टामा गोली लागेको छ । सिंंहलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको एसपी खनालले जानकारी दिनुभयो । पक्राउ पर्नेहरुको साथबाट प्रहरीले कटुवा पेस्तोल एक थान र सोमा लाग्ने गोली २ राउण्ड,ताल्चा काट्ने कटर एक थान,सात सय नेपाली रुपैयाँ,ठुलो पेचकस एक थान लगायतका केही अन्य सामानहरु समेत बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group