ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एउटै महिलाको दुई नागरिकता : बाबु र ठेगाना फरक–फरक


एबीसी न्यूज
९ आश्विन २०७६, बिहिबार   १२ : ३०   बजे

 

काठमाडौं,  ९ असोज । यहाँका एक महिलाले नेपाली नगरिकताको प्रमाणपत्र दुईवटा लिएको भेटिएको छ ।

हेमा राना नाम गरेकी महिलाले फरक–फरक समयमा र बाबुको नामसमेत छुट्टाछुट्टै भएको दुई वटा नागरिकता लिएको तथ्य खुलेको छ । ती महिलाले पहिलो नागरिकता साविकको कुवाकोट गाविस वडा नं ३ ९हालको चापाकोट नगरपालिका १००े ठेगाना राखेर २०६० मङ्सिर ८ गते १३४९९ नम्बरको नागरिकता प्रमाणपत्र लिएकी छिन् । उक्त नागरिकतामा बाबुको नाम गोविन्दबहादुर राना उल्लेख गरिएको छ । त्यस्तै तीनदोबाटे गाविस वडा नं ९ ९हाल गल्याङ नगरपालिका–८० को ठेगाना राखेर हेमाले विसं २०६५ मङ्सिर ५ गते ४२२०२८ नम्बरको अर्को नेपाली नागरिकता प्रमाणपत्र लिएकी छिन् । त्यसमा उहाँको जन्ममिति विसं २०४५ वैशाख १७ गते र बाबुको नाम नरेश्रवर गाहामगर उल्लेख छ ।

पहिलो कुवाकोट ठेगाना राखेर लिएको नागरिकतामा शाखा अधिकृत धीरेन्द्र बानियाँको हस्ताक्षर रहेको छ भने अर्कोपटक लिएको नागरिकतामा थमनसिंह थापाको हस्ताक्षर रहेको छ । पहिलो नागरिकताबाट रानाले २०२६२७० नंको राहादानीसमेत बनाएको बुझिएको छ ।

यसरी दुई नागरिकता लिएर पटक–पटक धम्की दिएको भन्दै इन्द्रकुमारी गाहाले दुई नागरिकता लिने हेमा राना र नागरिकता लिनका लागि सहयोग गर्ने बुद्धिमाया गाहा ९रेनुका थापा० सौतेनी सासुलाई कारवाहीसँगै नागरिकता बदर गर्न माग गर्दै इलाका प्रशासनमा मङ्गलबार निवेदन दिएपछि हेमा रानाले दुई नागरिकता लिएको खुलासा भएको हो ।

इन्द्रकुमारी गाहाले आफ्नो ससुराले तीन विवाह गरेको र कान्छी सौतेनी सासुले आफूले अर्कै श्रीमान्सँग जन्माएको छोरीलाई आफ्नो नाममा रहेको सम्पत्ति दिने योजनाअनुसार आफ्नो ससुरालाई बाबु कायम गरेर नागरिकता बनाएकाले कारवाहीको माग गर्दै निवेदन दिएको बताउनुभयो । इन्द्रकुमारीले भन्नुभयो, “उहाँ बुद्धिमाया गाहा ९रेनुका थापा०ले हामीलाई बेला–बेलामा मेरो नाममा भएको सम्पत्ति मैले दिन्न, मैले नागरिकतासमेत बनाइदिएकी छु भनेर धम्की दिने गरेपछि आफूहरु विभिन्न निकायमा गए पनि आफूहरुको कुरा कतै सुनुवाइ नभएको बताउनुभयो ।”

बुद्धिमायाले आफ्नो श्रीमान् नरेश्वर गाहामगरको विसं २०६१ माघ १५ गते मृत्यु भएपछि विसं २०६५ मङ्सिर ५ गते हेमा रानाको नागरिकता लिएको खुलेको छ । इलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले दुई नागरिकता लिएको भनेर निवेदन आएको र कानूनअनुसार कारवाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने बताउनुभयो । बुद्धिमायाले विभिन्न बैंक एवं वित्तीय सङ्घसंस्थामा ऋण लिने र वित्तीय संस्थाका कर्मचारी पैसा लिनका लागि घरमै पुगेपछि सौतेनी सासु बुद्धिमायासँग बुहारी इन्द्रकुमारी सशङ्कित हुनुभएको छ ।

इन्द्रकुमारीले भन्नुभयो, “उहाँ सासु बुद्धिमायाले बैंकमा पैसा लिनुभएको रहेछ, बंैकका कर्मचारी बिहानै घरमा पैसा तिर्नु भन्दै आए, हामीले लिएका छैनाँैभन्दा बैंकका कर्मचारीले घर परिवारले सासुले लिएको पैसा तिर्नुपर्छ भनेपछि आफूहरुलाई शङ्का लागेको र यही क्रममा विवाद हँुदा बुद्धिमायाले आफ्नो नाममा रहेको घरजग्गा आफ्नो छोरी हेमा रानालाई दिने र नागरिकतासमेत बनाइसकेको बताएपछि हेमाले दुई नागरिकता लिएको आफूहरुले थाहा पाएको इन्द्रकुमारी गाहाले बताउनुभयो ।

आफूहरुको सम्पत्ति पहिले अर्कै श्रीमान्पट्टी जन्मिएकी छोरीलाई दिनका लागि बुद्धिमायाले अर्को नागरिकता लिन सहयोग पु¥याएको इन्द्रमायाको आरोप छ । प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले पनि आफूकहाँ बुधबार इन्द्रमाया गाहाको निवेदन आएको र सत्यतथ्य बुझेर आवश्यक प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group