ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२१ वटा नयाँ दललाई चुनाव चिह्न : माओवादी केन्द्रले उपनिर्वाचन लड्ने, कसलाई के चिह्न ?


एबीसी न्यूज
९ आश्विन २०७६, बिहिबार   ६ : १७   बजे

काठमाडौं, ९ असोज । उपनिर्वाचनका लागि २१ वटा नयाँ दल निर्वाचन आयोगमा दर्ता भएका छन् । तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि बनेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा नयाँ पार्टीको रुपमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको नाममा छुट्टै दल दर्ता भएको हो ।

तीनै तहको चुनावमा सहभागी भएका दललाई त्यो बेला प्रयोग भएकै चुनाव चिह्न यथावत रहने र त्यसपछि बनेका दलहरुलाई भने अहिले चुनाव चिह्न प्रदान गरेको आयोगले जनाएको छ । त्यस्तै तत्कालीन संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टी मिलेर बनेको समाजवादी पार्टी पनि नयाँ दर्ता भएको छ । यो दलले पाँच औलासहिताको हत्केला चुनाव चिह्न पाएको छ ।

आयोगको बुधबारको निर्णयबाट साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (ने क पा), राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक), नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), जनमत पार्टी (जपा), नेपाल लोकतान्त्रिक पार्टी, समाजवादी पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, नेपाल, नेपाली काँग्रेस (वी. पी.), इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी पुष्पलाल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नामक राजनीतिक दल दर्ता भएका हुन् । आयोगले ती दललाई चुनाव चिह्न समेत प्रदान गरेको छ ।

नेपाली कांग्रेस, राप्रपालगायत तीनै तहको चुनावमा भाग लिएका पार्टीले भने नयाँ चुनाव चिह्न लिन नपर्ने र पुरानै चुनाव चिह्न पाउने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu