ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘न्यायपालिकाप्रतिको विश्वसनीयता बढाउन सबै लागौँ’


एबीसी न्यूज
१० आश्विन २०७६, शुक्रबार   ३ : ३५   बजे

काठमाडौं, १० असोज  ।  प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराले न्यायपालिकाप्रतिको विश्वसनीयता वृद्धि गर्न लाग्नुपर्ने बताउनुभएको छ । सर्वोच्च अदालतलद्वारा विजयादशमी, तिहार, नेपालसम्वत् तथा छठ पर्वका अवसरमा आज आयोजित शुभकामना आदानप्रसाद तथा चियापान समारोहमा उहाँले चाडपर्वले मुलुकको विविधता र एकताको सन्देश दिँदै सबैलाई न्यायपूर्ण समाज निर्माण गर्न शुभकामना दिनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल बहुजाति, बहुधार्मिक मुलुक हो, यसको विकास, समृद्धि र न्यायपूर्ण समाजको निर्माणमा पर्वले प्रेरणा गरोस्, मेरो शुभकाना छ ।” नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायपालिकाको परिकल्पना गरेको उल्लेख गर्दै उहाँले सोअनुरुप सुदृढ न्यायपालिका बनाउन सबैलाई आआफ्नो ठाउँबाट काम गर्न आग्रह गर्नुभयो ।

सर्वोच्च अदालतले पर्वका अवसरमा प्रत्येक वर्ष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने गरेको छ । सो समारोहका कानून, न्याय तथा संसदीय ममिलामन्त्री भानुभक्त ढकाल, महान्यायाधिवक्ता अग्नि खरेल, सर्वोच्च अदालतका न्यायाधीश, उच्च अदालतका मुख्य न्यायाधीशलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group