बझाङ,१० असोज । बझाङ जिल्लामा भान्जीलाई बलात्कार गरेको अभियोगमा मामालाई प्रहरीले पक्राउ गरेका छन । जिल्लाको दुर्गाथली गाँउपालीका घर भई केदास्यु गाँउपालीकामा ब्यासाय गर्दै आएका ६३ वर्षिय धनबहादुर बिष्टलाई प्रहरीले बिहिबार पक्राउ गरेको हो ।
पालन पोषण गर्ने र पढाई दिने भन्दै घरमा राखेकी भान्जीलाई केही वर्षदेखि नै उनले पटक–पटक बलात्कार गर्ने गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी ईश्वरीदत्त पाण्डेयले बताए ।बालिकाको भाइले आप्नो दिदीको मोबाइल चलाउन खोज्दा नजानेपछि गाउँका एक छिमेकीलाई मोबाइल चलाउन सिकाइदिन आग्रह गर्दा मोबाइलमा अश्लिल तस्बिर देखेपछि घटना बाहिरिएको हो ।
उनीमाथि बिहीबार जबरजस्ती करणीमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थपसहित आवश्यक अनुसन्धान भैरहेको सुचना अधिकारी पाण्डेयले बताए ।
प्रतिक्रिया दिनुहोस्