ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरक्षितभन्दा असुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढी


एबीसी न्यूज
१० आश्विन २०७६, शुक्रबार   ८ : २५   बजे

काठमाडौं, १० असोज । सुरक्षितभन्दा असुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढीरहेको छ । अहिले पनि ५८ प्रतिशत महिलाले असुरक्षित र ४२ प्रतिशतले मात्र सुरक्षित गर्भपतन सेवा लिइराखेको स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभरका एक हजार ३०० सूचीकृत गर्भपतन सेवा केन्द्रबाट गत वर्ष करीब एक लाख महिलाले गर्भपतन गराएका थिए । तीमध्ये ११ प्रतिशत त किशोरी नै रहेका छन् ।

मातृ मृत्युको प्रमुख चार कारणमध्ये असुरक्षित गर्भतन एक मानिन्छ । सरकारले गर्भपतन सेवा निःशुल्क गरेको छ । औषधि र सामान्य शल्यक्रियाका माध्यमबाट गर्भपतन गराइन्छ । हाल १२ हप्तामाथिको गर्भपतन सेवा देशका २९ अस्पतालमा मात्र उपलब्ध रहेको छ ।

पाँचौँ सुरक्षित गर्भपतन दिवसका अवसरमा आज महाशाखाद्वारा यहाँ आयोजित कार्यक्रममा महाशाखाका प्रमुख भीमसिंह तिङ्करीले सुरक्षित गर्भपतन सेवा २०६९ सालदेखि शुरु भएपछि हालसम्म १३ लाखले सुरक्षित गर्भपतनको सेवा लिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “गर्भपतन सेवा निःशुल्क छ भन्ने सेवा आवश्यक भएकालाई जानकारी छैन । यसैले असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या वृद्धि भएको होे । यसलाई रोक्न आवश्यक छ ।”

असुरक्षित गर्भपतनका कारण विभिन्न रोगका जटिलता आउने गर्दछ । असुरक्षित गर्भपतन जनस्वास्थ्यको प्रमुख समस्याका रूपमा रहेको छ । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार नेपालमा प्रजनन् उमेर समूहका १५ देखि ४९ वर्षसम्मका महिलामध्ये २० वर्ष मुनिका १७ प्रतिशत किशोरी गर्भवती हुने गरेका छन् ।

गत वर्ष नेपालमा करीब १२ लाख महिला गर्भवती भएका थिए । तीमध्ये ४५ प्रतिशत अर्थात पाँच लाख ३९ हजार गर्भ अनिच्छित रहेको महाशाखा प्रमुख चिकित्सक तिङ्करीले कार्यक्रममा जानकारी दिनुभयो । साठ्ठी वर्षमा परिवार नियोजनको आधुनिक साधन प्रयोगदर ४३ प्रतिशत र पहुँच ५३ प्रतिशतमाथि उक्लिन सकेको छैन ।

कार्यक्रममा महाशाखाका चिकित्सक पुण्य पौडेलले सुरक्षित गर्भपतन सेवाको पहुँच विस्तार गर्न महाशाखाले प्राथमिकता दिएको जानकारी दिँदै स्थानीय तहका स्वास्थ्य संस्थालाई थप सुदृढीकरणको आवश्यकता रहेको बताउनुभयो ।

राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक कुञ्जप्रसाद जोशीले सुरक्षित गर्भपतन सेवाका बारेमा जनचेतनाका कार्यक्रम समुदायस्तरमा सञ्चालन गर्नुपर्छ भन्नुभयो । राष्ट्रिय महिला आयोगका सचिव दीपेन्द्र काफ्लेले असुरक्षित गर्भपतनका कारण अकालमा मृत्यु नहोस् भन्नाका लागि सबैले ध्यान दिन र सुरक्षित गर्भपतन सेवाको पहुँच विस्तार हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu