ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रीको अपमान गर्ने राजदुत जनताको अभिभावक कसरी बन्ला ?


एबीसी न्यूज
११ आश्विन २०७६, शनिबार   ९ : ११   बजे

जापान, १० असोज ।  जापान भ्रमणमा रहनुभएका नेपाल सरकारका ऊर्जा, जल़श्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनलाई जापानका लागि नेपाली राजदुत प्रतिभा राणाले अपमान गरेको चर्चा भएको छ ।

जापानी बिकास नियोग (जाईका) को निमन्त्रणामा ४ दिने भ्रमणका लागि मन्त्री पुन मंगलबार जापान आउनुभएको थियो । ऊर्जा सम्बन्धि कार्यक्रममा सहभागि हुन जापान आउनु भएका मन्त्री पुनलाई राजदुत राणाले समन्वय गर्नुको साटो अपमान गरेको खुल्न आएको हो ।

मन्त्री नेपाल एयर लाईन्सबाट ओशाका बिमानस्थल आउदा समेत जानकारी छैन भन्दै कानमा तेल हालेर बसेकी राजदुत राणा लिनका लागि बिमानस्थल नआएको मन्त्रीको सचिवालयले जनाएको छ मन्त्रीको भ्रमणका विषयमा परराष्ट्रमन्त्रालय, ऊर्जा मन्त्रालय र मन्त्रीको सचिवालयबाट समेत आधिकारिक पत्र आएको मन्त्रीको सचिवालयले दावी गरेको छ ।

नेपाल सरकारको क्याबिनेट बैठकले भ्रमण दलमा राजदुत पनि समावेश गरिएको भएतापनि कतिपय मुख्य भेटघाटमा भने उपस्थित नभएको मन्त्री निकट श्रोतले बताएको छ । भ्रमणदलमा सहभागिता नजनाउने अडान लिएर बसेकी राजदुत राणा मन्त्रीको आग्रह पछि पहिलो दिनको दुई पक्षिय भेटघाटमा सहभागि भएपनि दोस्रो दिनको जाईकासंगको मुख्य बैठकमा भने उपस्थित नभएको मन्त्रीको सचिवालयले जनाएको छ ।

यता राजदुतले पनि सहभागि हुन नसकेको स्विकार गर्नुभएको छ । सामान्य व्यक्तिको भ्रमणमा समेत बिमानस्थल पुग्ने राजदुत राणा बहालवाला मन्त्रीको भ्रमणमा जानकारी छैन भन्दै अव्यवहारीक बन्दा यतिबेला आलोचित बन्नुभएको छ । सामाजिक संजालमा समेत राजदुतको कार्यशैलि प्रति टिका टिप्पणी भएको छ ।

मंगलवार जापानको टोकियोमा प्रवासी नेपाली एकता मन्चले आयोजना गरेको कार्यक्रमा समेत राणाले मन्त्रीको भ्रमणका बिषयमा ठाडो भाषामा जवाफ दिएको आयोजकले बताएका छन् । आफु राजदुत भएको र आफनै निर्णय नै सर्वमान्य हुने बताउनुभएको थियो । सुरुबाटै समन्वय नभएको र अपमान गरेको भन्दै ऊर्जा मन्त्री पुन रात्रीभोजमा नगएको मन्त्रीको सचिवालयले जनाएको छ । बिहिबार मन्त्री पुनको स्वागतका लागि नेपाली राजदुताबास टोकियोले नेपाली रेष्टुरेन्टमा रात्रीभोजको आयोजना गरेको थियो । मन्त्री नै उपस्थित नभएपछि सहभागीले समेत राजदुतको व्यवहारका कारण मन्त्री नआएको आकलन गरेका थिए ।

मन्त्रीको पद, मान मर्यादा र प्रतिष्ठामा ख्याल नगरी राजदुतले देखाएको व्यवहार अव्यवहारिक र अपमान भएको टिप्पणी समेत गरेका थिए । आफनो निर्णय चल्ने र आफुले आफैलाई राजदुत हु भन्दै दिएको जवाफ रात्रिभोजले घाम जस्तै छर्लङ पारिदियो ।

मन्त्रीसंग समझदारी भैसक्यो -राजदुत राणा 

यता राजदुत राणाले एबिसी न्युजसंग टेलिफोनमा कुराकानी गर्दै मन्त्रीको अपमान नभएको बताउनुभएको छ । बाहिर आएको हल्ला मात्रै हो हाम्रो समझदारी भैसक्यो राणाले भन्नुभयो । क्याबिनेटमा निर्णय भएपनि आफुलाई मन्त्री आउने जानकारी नै नभएको बताउनुभएको छ ।

उता मन्त्रीको सचिवालयले परराष्ट्रमन्त्रालय, ऊर्जा मन्त्रालय र मन्त्रीको सचिवालयबाट समेत आधिकारिक पत्र आएको दावी गरेको छ समन्वय नभएकै कारण राजदुतको रात्रीभोजको समयमै मन्त्री पुनको जापानी एक टोलीसंगको भेटघाट भएकोले उपस्थित नभएको मन्त्रीको सचिवालय टोलीले जनाए पनि अपमानको जवाफ दिइएको हो ।

यो बिषयमा मन्त्री पुनसंग धारणा लिन खोज्दा यस्ता कुराहरु सामान्य भएको भन्दै बिदेशमा भएका कुटनितिक नियोगहरुले उल्लेख्य काम नगर्दा सुधारको आवश्यक रहेको बताउनुभएको छ । करिब ९० हजार नेपाली रहेको जापानमा राजदुतको असहयोगका कारण धेरै नेपालीले दुख पाएको गुनासो समेत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group