ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘एक वडा एक दलित सहकारी’ संस्था स्थापना गरिँदै


एबीसी न्यूज
११ आश्विन २०७६, शनिबार   १२ : ५०   बजे

काठमाडौं, ११ असोज । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ‘एक वडा एक दलित सहकारी’ संस्था स्थापनाको काम थालिएको छ । पिछडिएका समुदायमा पर्ने दलित परिवारलाई बचत गर्ने र सो बचतलाई आम्दानी र व्यवसायमूलक क्षेत्रमा लगानी गर्ने बानीको विकास गराउन गाउँपालिकाले ‘एक वडा एक दलित सहकारी’ संस्था स्थापनाको काम थालेको हो ।

आर्थिक र सामाजिकरुपमा पछाडि परेका दलित समुदायको उत्थान गर्न ‘दलितसँग सहकारी’ कार्यक्रम ल्याइएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो । “दलित समुदायमा छरिएर रहेको पूँजीलाई एक ठाउँमा बचत गर्ने र सो रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्दै उनीहरुको आर्थिकस्तर उकास्ने उद्देश्यले एक वडा एक दलित सहकारी संस्थाको अवधारणा कार्यान्वयनमा ल्याइएको हो”, उहाँले भन्नुभयो, “दलित समुदायका सदस्य मात्र सहभागी गराएर स्थापना गरिने सहकारीको विधान बनाउनदेखि स्थापनासम्मको काममा गाउँपालिकाले नै सहयोग गर्नेछ ।”

सात वटा वडा रहेको सो गाउँपालिकाका दलित समुदायलाई सहभागी गराएर दलित सहकारी संस्था स्थापना गर्न बीउ पूँजीस्वरुप आर्थिक वर्ष २०७६÷७७ मा रु पाँच लाख रकम विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । सहकारी संस्था स्थापनाका लागि दलित समुदायलाई विधान निर्माण, सहकारी दर्ता, आवश्यक तालीम, व्यवस्थापनलगायतका काममा गाउँपालिकाले सहयोग गर्ने जनाइएको छ ।

दलित सहकारी संस्था स्थापनाका लागि विधान तयार पार्ने काम सम्पन्न भइसकेको गाउँपालिका प्रमुख राईले बताउनुभयो । दलित सहकारी स्थापनाका लागि चार र चार जनाका दरले सात वटै वडाका २८ दलित प्रतिनिधिलाई सहभागी गराएर अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।

अभिमुखीकरण कार्यक्रममा सहभागी दलित प्रतिनिधिले आफ्नो गाउँ फर्किएर सहकारी संस्था स्थापनाका लागि छलफल थाल्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको सभाहलमा आयोजित अभिमुखीकरण कार्यक्रममा सहभागीलाई प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालले सहजीकरण गर्नुभएको थियो ।

समाबेंसी शीर्षकमा दलित समुदायका लागि विनियोजन गरिने अधिकांश बजेट यसअघिसम्म तालीम, गोष्ठी र खाजा नास्तामै खर्च हुँदा दलित समुदायको जीवनस्तर उक्सन नसकेको तथ्यलाई ध्यानमा राखेर गाउँपालिकाले दलित सहकारी संस्था स्थापनामा लगानी गर्ने निर्णय गरेको जनाइएको छ । गाउँपालिका प्रमुख राईका अनुसार दलित सहकारीको सञ्चालकदेखि कर्मचारी पनि दलित समुदायकै व्यक्ति हुनेछन् ।आगामी दशैँ तथा तिहारका बीचमा सहकारी संस्था दर्ताको सम्पूर्ण काम पूरा गरिने गाउँपालिकाले जनाएको छ । बीउ पूँजीका रुपमा विनियोजन गरिएको रु पाँच लाख अपुग भएमा लगानी थप गरिने गाउँपालिका प्रमुख राईले बताउनुभएको छ ।

परम्परागत पेशा सिलाइकटाइ तथा आरन व्यवसाय गर्दै आएका सो गाउँपालिकाका दलित समुदायका लागि गाउँपालिकाले आफ्नै नेतृत्व र स्वामित्वमा सहकारी संस्था स्थापना गरिदिने भएपछि हर्षित भएका छन् । तीन हजार ७५२ घर स्थानीयवासीको बसोबास रहेको सो गाउँपालिकामा ३८० घर दलित परिवार रहेका छन् । बालीघरे प्रथाका रुपमा काम गर्दै आएका सो गाउँपालिकाको दलित समुदायका युवापुस्ता पछिल्लो समय वैदेशिक रोजगारीमा समेत जाने गरेका छन् । बचत गर्ने बानीको विकास नहुँदा अधिकांश परिवारका सदस्यले विदेशमा कमाएर पठाएको रकम फजुल खर्चमा सकिने गरेको गाउँपालिकाले सार्वजनिक गरेको एक तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group