काठमाडौं, ११ असोज । – उच्च माध्यमिक विद्यालय शिक्षक एशोसिएसन नेपाल ९हिस्टान० बझाङले शिक्षक अनुमती पत्रको परीक्षा वहिस्कार गरेको छ । माध्यामिक तहका शिक्षकहरुका लागि अनुमती पत्र लिन शिक्षक सेवा आयोगद्घारा शुक्रवार सञ्चालन भएको परिक्षा देशैभरी बहिस्कार गर्ने हिस्टानको केन्दीय निर्णय बमोजिम बझाङमा पनि परीक्षा बहिस्कार गरिएको छ ।
परीक्षा केन्द्र सत्यवादी मावी भोपुर केन्द्रमा केन्दीय सदस्य बाल्मीकी जोशी र प्रदेश सचिव सुरेश हमालको टोलीले र जालपा मावी देवल केन्द्रमा हिस्टान बझाङका अध्यक्ष कुम्भराज जोशीको नेतृत्वको टोलीले परीक्षा बहिस्कार गरी परिक्षा केन्द्रमै कोण सभा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्